default_image

7 years ago

April 24, 2019

दिल्लीलाई उछिन्दै चेन्नई शीर्षस्थानमा

170 views

0 Bookmark

एजेन्सी – ओपनर शेन वाटशनले शानदार ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

१ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर शेन वाटशनले सानदार ब्याटिङ गरेपनि शतक बनाउन ४ रनले चुके । १८ ओभरको पहिलो बलमा भुवनेश्वर कुमारले विकेटकीपर जोनी बेयरस्ट्रोबाट उत्कृष्ट क्याच गराएपछि वाटशन ९६ रनमा पेभिलिएन फर्के । वाटशनले ५३ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।

त्यस्तै सुरेश रैनाले २४ बलमा ६ चौका र १ छक्का सहित ३८,फाफ डु प्लेसिस १ र आम्वाती रायुडु २१ रनमा आउट भए । केदार जाधव ११ रनमा अविजित रहे । हैदरावादका लागि भुवनेश्वर कुमार,सन्दीप शर्मा र राशिद खानले समान १ विकेट लिए । यो जितसँगै चेन्नईको प्ले अफ लगभग पक्का पक्कि बनेको छ ।

त्यस अघि चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनाएको थियो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन् । पान्डे ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।

हैदरावादलाई बलियो अवस्थामा पुर्याउन मनिष पान्डे र डेविड वार्नरले दोस्रो विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरेका थिए । १४ ओभरको तेस्रो बलमा हरभजन सिंहले विकेटकीपर महेन्द्र सिंह धोनीबाट स्टमम्ङि आउट गराउनु अघि वार्नरले ४५ बलमा ३ चौका र २ छक्का सहित ५७ रनमा आउट भए ।

अर्का ओपनर जोनी बेयरस्ट्रोलाई हरभजनले धोनीबाट दोस्रो ओभरको तेस्रो बलमा शून्यमा क्याच आउट गराए । विजय शंकर २६ रनमा आउट भए । चेन्नईका हरभजन सिंहले २ र दिपक चाहरले १ विकेट लिए ।

यो जितसँगै चेन्नई शीर्ष स्थानमा उक्लिएको छ । चेन्नईले ११ खेलमा ८ मा जित र ३ मा हारका साथ १६ अंक जोड्दै चेन्नई शीर्ष स्थानमा छ । ११ खेलमा ७ मा जित र ४ मा पराजित भएको दिल्ली क्यापिटल्स १४ अंकका साथ दोस्रो स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.