7 years ago
April 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई १ सय ४२ रनको लक्ष्य दिएको छ ।

थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको नेपालले ३४.५ ओभरमा अल आउट हुँदै १ सय ४१ रनमा समेटियो ।
नेपालका लागि आईश भट्टराईले ४२ बलमा ५ चौका प्रहार गर्दै सर्वाधिक ३४ रन बनाए । दिपक बोहोरा र अर्जुन कुमालले समान १६ रन जोडे । ओपनर कुमाल र बोहोराले पहिलो विकेटको लागि ३७ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाए ।
१० औं ओभरको अन्तिम बलमा क्याच आउट हुनु अघि बोहोराले २५ बलमा २ चौका प्रहार गरे । त्यस्तै १३ ओभरको अन्तिम बलमा मोहम्मद इमरुल असरार्फले विकेटकीपर वान मोहम्मद आजमबाट स्टम्पिङ आउट गराउनु अघि कुमालले ४७ बलको सामना गर्दै १ चौका प्रहार गरे । कप्तान विशाल बिक्रम केसीले २८ रनको योगदान दिए ।
२३ ओभरको चौथो बलमा सिद्धार्थ कार्तिकले विकेटकीपरवाट स्टम्पिङ आउट गराउनु अघि उनले ३० बलमा २ चौका प्रहार गरे । रोहन दुधराज बिक ८,प्रसान्त महत शुन्य,प्रसान्त सिंह ६ र सुवास ऐर ११ रनमा आउट भए । तिलक राज भण्डारी २ र निखिल कुमार सिंह १२ रनमा आउट भए ।
मलेसियाका लागि सिद्धार्थ कार्तिकले ६ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । त्यस्तै लोकमान नुर र सचिनुले समान २ लिए । त्यस्तै मोहम्मद अकमल अलिफ र मोहम्मद इमरुल असर्राफले एक विकेट हात पारे । यस अघि नेपालले पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]