default_image

7 years ago

April 24, 2019

डी भिलियर्सको विष्फोटक ब्याटिङ

177 views

0 Bookmark

एजेन्सी – एबी डी भिलियर्सले आक्रमक रुपमा अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४२ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले किंग्स इलाभेन पन्जावलाई २ सय ३ रनको विशाल लक्ष्य दिएको छ ।

घरेलु मैदान चिन्ना स्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २ रन बनायो । बेंगलोरलाई विशाल योगफलमा पुर्याउन एवी डी भिलियर्स ८२ रनमा अविजित रहे । उनले ४४ बलमा ३ चौका र ७ छक्का प्रहार गरे ।

डी भिलियर्सले १९ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा मोहम्मद शामीलाई लगातार छक्का प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । त्यस्तै अन्तिम ओभरमा हार्डस विलोजेनलाई मार्कस स्टोइनिसले समान २ छक्का र चौका साथै एवी डी भिलियर्सले १ छक्का सहित २७ रन बटुलेपछि बेंगलोरले विशाल योगफल तयार पारेको हो ।

बेंगलोरले चौथो ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई १३ रनमा गुमाएको थियो । मोहम्मद शामीले मन्दीप सिंहबाट क्याच आउट गराउनु अघि कोहलीले ८ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा मुरुगन आश्विनले कप्तान रविचन्द्र आश्विनबाट पार्थिव पटेललाई ४३ रनमा क्याच आउट गराए । पटेलले २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोइन अली ४ र अक्षयदीप नाथ ३ रनमा आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।

पाँचौ विकेटका लागि डी भिलियर्स र मार्कस स्टोइनिसले ११ ओभरमा १ सय २१ रनको अविजित साझेदारी गर्दै बेंगलोरलाई विशाल योगफल सम्म पुर्याए । स्टोइनिसले ३४ बलमा २ चौका र ३ छक्का सहित ४६ रनमा अविजित रहे । पन्जावका मोहम्मद शामी,मुरुगन आश्विन,रविचन्द्र आश्विन र हार्डस विलोजेनले समान एक विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.