default_image

7 years ago

April 24, 2019

ओमान र अमेरिकालाई वान डे मान्यता

131 views

0 Bookmark

एजेन्सी – ओमान र अमेरिकाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एक दिवसिय (ओडीआई) वान डे मान्यता पाएका छन् ।

नामिबियामा जारी आईसीसी वोल्ड क्रिकेट लिग डिभिजन टु प्रतियोगिता खेली रहेका ओमान र अमेरिकाले एक खेल अगावै डे मान्यता पाएका हुन् । डिभिजन टु मा सुरुवाती ४ खेलमा ४ मा नै जित निकालेको ओमानले नामिबियालाई ४ विकेटले पराजित गर्दै वान डे मान्यता प्राप्त गर्यो । ओमान ४ खेलमध्य ४ मा नै जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा छ ।

आजै भएको अर्को खेलमा क्यानडाले पपुवा न्युगिनिलाई ३ विकेटले हराएपछि ओमानले र अमेरिकाले वान डे मान्यता पाउने पक्का बनेको थियो । त्यस्तै ४ खेलमा ३ मा जित र १ मा हारका दोस्रो स्थानमा रहेको अमेरिकाले पनि वान डे मान्यता पाएको छ । अमेरिकाले हङकङलाई ८४ रनले पराजित गर्दै वान डे मान्यता प्राप्त गरेको हो ।

ओमान सहित नामिबिया, हङकङ, पपुवा न्युगिनी, अमेरिका र क्यानडाले प्रतिस्पर्धा गरि रहेको यस प्रतियोगितामा शीर्ष स्थानका चार टोलीले वान डे मान्यता प्राप्त गर्ने आईसीसीले जनाएको छ । त्यसै अनुरुप ओमान र अमेरिकाले वान डे मान्यता पाएका हुन् । अव दुई देशले वान डे मान्यता पाउने छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.