default_image

7 years ago

April 24, 2019

क्रिकेटमा एपीएफले जित्यो स्वर्ण

96 views

0 Bookmark

नेपालगन्ज(हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदक सशस्त्र प्रहरी बल (एपीएफ) ले जितेको छ ।

बुधबार भएको फाईनल खेलमा नेपाल पुलिस क्लवलाई ३२ रनले पराजित गर्दै एपीएफले स्वर्ण जितेको हो । कोहलपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । एपीएफका अनिल कुमार शाह ३१,शंकर राना २३ र भुवन कार्कीले ११ रनको योगदान दिए । पुलिसका ललित नारायण राजवंशीले ३, सागर ढकालले २,मञ्जित श्रेष्ठ र दिपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

१ सय ११ रनको लक्ष्य पछ्पाएको पुलिसले २० ओभरमा ९ विकेट गुमाउँदै ७८ रन मात्र बनाउन सक्यो । पुलिसका मञ्जित श्रेष्ठ २९,सुनिल धमला १५ र आरिफ शेखले १२ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । एपीएफका कमलसिंह ऐरीले ४ ओभरमा २ मेडन सहित ४ रन खर्चेर ३,शरद भेषवाकर र बसन्तरेग्मीले समान २ विकेट लिए । कमल सिंह ऐरी म्यान अफ द म्याच चुनिए । त्यस्तै त्रिभुवन आर्मीले प्रदेश नम्बर १ लाई ६९ रनले पराजित गर्दै कास्य पदक जित्न जितेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.