default_image

5 years ago

April 25, 2019

गेल र रसेलसहित वेस्ट इन्डिजको टोली घोषणा

एजेन्सी –आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि वेस्ट इन्डिजले आफ्नो टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले बुधबार राती १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा विष्फोटक ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले टोलीमा स्थान बनाउदा सुनिल नारायण र काइरान […]

37 views

0 Bookmark

एजेन्सी –आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि वेस्ट इन्डिजले आफ्नो टोली घोषणा गरेको छ ।

वेस्ट इन्डिजले बुधबार राती १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा विष्फोटक ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले टोलीमा स्थान बनाउदा सुनिल नारायण र काइरान पोलार्डले स्थान बनाउन सकेनन् । विश्वकपमा जोसन होल्डरले वेस्ट इन्डिजको कप्तानी गर्ने छन् । वेस्ट इन्डिजले मे ३१ मा पाकिस्तानसँग खेल्दै विश्वकपमा सुरुवात गर्ने छ ।

वेस्ट इन्डिजको १५ सदस्य टोली :

१.जोसन होल्डर(कप्तान)
२.क्रिस गेल
३.आन्द्रे रसेल
४. शिल्डन कोटरेल

५.शैनन गेब्रियल
६.किमर रोच
७.निकोलस पुरन
८.एशले नर्श
९.फबिन एलीन
१०.शिम्ररोन हिटमायर
११.शाई होप
१२.ओशन थोमस
१३.कार्लोस बर्थवेट
१४.डरेन ब्राभो
१५.इभिन लुईस

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.