7 years ago
April 25, 2019
एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन प्रतियोगिताको तेस्रो खेलमा नेपालले घरेलु टोली थाईल्यान्डलाई २ सय ३५ रनको विशाल लक्ष्य दिएको छ ।

थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपाली यू१६ टोलीले निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा २ सय ३४ रन बनायो । नेपालका लागि आईस भट्टराईले अर्ध शतक प्रहार गरे । उनले ७३ बलमा ९ चौका सहित ५८ रनमा क्याच आउट भए ।

भट्टाईले नेपाललाई विशाल योगफल सम्म पुर्याउन चौथो विकेटका लागि कप्तान विशाल बिक्रम केसीसँग ७३ रनको उत्कृष्ट साझेदारी गरे । २७ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि केसीले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए ।
ओपनर दिपक बोहोराले ३६ बलमा ५ चौका र १ छक्का सहित ३५,सुसान्त थापा शून्य,प्रसान्त महत ९ र कृष कार्की ११ रनमा आउट भए । तल्लोक्रमका विशाल कुमार पटेलले २३ बलमा ५ चौका सहित २८ र निखिल कुमार सिंहले १२ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

थाईल्यान्डका नरवत नुनतरचले ३ र योदस्कले २ विकेट लिए । पहिलो खेलमा म्यानमारलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको नेपाल आजको खेलमा विजयी भए समुह विजेता बन्दै सेमिफाईनलमा प्रवेश गर्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]