default_image

7 years ago

April 25, 2019

नेपाल समुह विजेता बन्दै सेमिफाईनलमा

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन प्रतियोगिता नेपाल समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

विहीबार वर्षाको कारण नेपाल र घरेलु टोली थाईल्यान्डबीचको खेल रद्ध भएपछि दुवै टोलीले एक-एक अंक बाँडे । नेपाल ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसअघि २ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको थाईल्यान्ड १.५ ओभरमा १ विकेट गुमाउँदा कुनै रन नबनाएको कारण वर्षाको कारण खेल रोकिएको थियो ।

त्यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको नेपाली यू १६ टोलीले निर्धारित ३५ ओभरमा ७ विकेटको क्षतिमा २ सय ३४ रन बनाएको थियो । नेपालका लागि आईस भट्टराईले अर्ध शतक प्रहार गरे । उनले ७३ बलमा ९ चौका सहित ५८ रनमा क्याच आउट भए ।

भट्टराईले नेपाललाई विशाल योगफल सम्म पुर्याउन चौथो विकेटका लागि कप्तान विशाल बिक्रम केसीसँग ७३ रनको उत्कृष्ट साझेदारी गरे । २७ ओभरको चौथो बलमा क्याच आउट हुनु अघि केसीले ३१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ३८ रनको योगदान दिए ।

ओपनर दिपक बोहोराले ३६ बलमा ५ चौका र १ छक्का सहित ३५,सुसान्त थापा शून्य,प्रसान्त महत ९ र कृष कार्की ११ रनमा आउट भए । तल्लोक्रमका विशाल कुमार पटेलले २३ बलमा ५ चौका सहित २८ र निखिल कुमार सिंहले १२ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहे ।

थाईल्यान्डका नरवत नुनतरचले ३ र योदस्कले २ विकेट लिए । पहिलो खेलमा म्यानमारलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो । नेपालले सेमिफाईनलमा समुह बी को उप विजेतासँग खेल्ने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.