default_image

7 years ago

April 25, 2019

‘गर वा मर’को अवस्थामा कोलकता र राजस्थान

116 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा आज कोलकता नाइट राइडर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ ।

खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा कोलकता ८ विकेटले विजयी भएको थियो । दुबै टोलीलाई प्ले अफको आसा कायमै राख्न आजको खेल जित्नै पर्ने दबाब छ । अन्यथा दुबै टोलीको अघिल्लो चरणको यात्रा कठिन बन्ने छ ।

जारी आईपीएलमा १० खेलमा ७ मा हार र ३ मा जितका साथ पुछारमा रहेको राजस्थान आजको खेलमा पराजित भएको खण्डमा लगभग समुह चरणबाटै बाहिरिने पहिलो टिम बन्ने निश्चित जस्तै छ । त्यस्तै १० खेलमा ४ मा जित र ६ मा हारका साथ छैटौं स्थानमा रहेको कोलकतालाई पनि प्ले अफको संभावना बलियो बनाउन आजको खेल जित्नै पर्ने हुन्छ । पराजित भएको खण्डमा कोलकताको पनि कठिन बन्ने देखिन्छ ।

कोलकताका आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै कठिन जितलाई सहज बनाएका छन् । तर रसेल नचलेको दिन अन्य ब्याट्सम्यान चल्न नसक्दा कोलकता पराजित हुदैं आएको छ । कोलकताको बलिङ पनि जारी आईपीएलमा कमजोर देखिन्छ । टोलीका प्रमुख स्पिनर बलर कुलदिप यादवको खराव लय कोलकताको टाउको दुखाईको विषय हो ।

राजस्थानका बेन स्टोक्स र जोफ्रा आर्चर यस सिजनको आईपीएलमा आज अन्तिम खेल खेल्दै छन् । दुबै टोली इंग्ल्यान्ड फर्किदै छन् । विश्वकपको लागि स्टोक्स र पाकिस्तानसँगको वान डे सिरिज खेल्न आर्चर इंग्ल्यान्ड फर्किन लागेका हुन् । जस बटलर इंग्ल्यान्ड फर्किसकेको बुझिएको छ । राजस्थानका कप्तान स्टिभ स्मिथ,अजिंक्या रहाणे,सन्जु स्यामसन र श्रेयस गोपाल मुख्य खेलाडी हुन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.