7 years ago
April 25, 2019
एजेन्सी – एकदिवसिय विश्वकप आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ ।

विश्वकपका लागि सबै टोलीले आफ्नो १५ सदस्य टोली घोषणा गरि सकेका छन् । यस विश्वकपमा १० देशको सहभागिता रहने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सन् २०१९ र सन् २०२३ को वान डे विश्वकपमा १० राष्ट्रबीच मात्र विश्वकप खेलाउने निर्णय गरेको थियो । त्यसअघि सन् २००७ को विश्वकपमा १६,सन् २०११ र २०१५ मा १४ देशले विश्वकपमा प्रतिस्पर्धा गरेका थिए ।
यसै क्रममा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले विश्वकपमा १० राष्ट्रमात्र खेल्ने नीति परिवर्तन हुन आवश्यक रहेको बताएका छन् । सन्दीपले विश्वकपमा कम्तिमा १४ देखी १६ सम्म देश हुनु पर्ने धारणा राखेका छन् । एएफपीसँग बोल्दै सन्दीपले यस्तो बताएका हुन् । ‘विश्वकप खेल्ने सबै देश र खेलाडीको ठूलो सपना हुने गर्दछ । तर १० राष्ट्रले मात्र विश्वकप खेल्ने हुँदा हामी जस्ता उदाउदा देशको लागि कठिन बन्ने गर्दछ । मेरो विचारमा विश्वकपमा १६ देशले सहभागिता जनाउन पाउनु पर्छ,’ उनले भने ।
‘ मैले विश्वकप टिभीमा हेर्ने छु र म त्यो टिमको समर्थन गर्ने छु जुन टोलीले ठूला देशविरुद्ध उत्कृष्ट प्रर्दशन गर्ने छ’, सन्दीपले भनेका छन्, ‘आशा छ अवको टेष्ट राष्ट्र हामी बन्नेछौं । हामीले १० वर्ष भित्रमा टेष्ट मान्यता पाउने सपना देखेका छौं । त्यो नै सबैभन्दा गर्वको क्षण हुने छ । ‘
सन्दीप हाल इन्डियन प्रिमियर लिग(आईपीएल) को लागि दिल्लीमा छन् । दिल्ली क्यापिटल्सबाट आईपीएल खेली रहेका सन्दीपले यस सिजनमा ५ खेलमा ८ विकेट आफ्नो नाममा लेखाएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]