default_image

5 years ago

April 25, 2019

कार्तिकको ९७* मा कोलकाता बलियो

76 views

0 Bookmark

एजेन्सी – कप्तान दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ ।

घरेलु मैदान इडेन गार्डेन टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकता कप्तान दिनेश कार्तिक शतक बनाउन चुके । अन्तिम ओभरको अन्तिम बलमा चार रन चाहिएको अवस्थामा १ रन मात्र बनाएपछि कार्तिक शतक बनाउन ३ रनले चुकेका हुन् । कार्तिकले ५० बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै ९७ रनमा अविजित रहे ।

कोलकताले पहिलो ओभरको तेस्रो बलमै ओपनर क्रिस लिनलाई शून्यमा गुमाएको थियो । सुभमन गिल १४,नितेश राना २१,आन्द्रे रसेल १४ र सुनिल नारायण ११ रनमा आउट भए । कार्लोस ब्रेथवेट ५ रनमा आउट हुँदा रिन्कु सिंह ३ रनमा अविजित रहे । बरुन आरोनले २,ओशन थोमस,जयदेव उनादकट र श्रेयस गोपालले समान १ विकेट लिए । प्ले अफको संभावना बलियो बनाउन दुबै टोलीलाई जित्नै पर्ने दवाव रहेको छ ।

May 20, 2024

सानदार जितसहित पुल्चोक शीर्ष स्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पोर्ट्स एकेडेमी साँगा माथि फराकिलो जित दर्ता गर्दै पुल्चोक स्पोर्ट्स क्लब जारी सहिद स्मारक सि डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा पुल्चोकले साँगा माथि ५-१ को फराकिलो जित दर्ता गरेको हो । पुल्चोकका लागि सिरव लो तामाङले २ गोल गरे भने सागर थिङ, सुमन श्रेष्ठ […]

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

Success

Thank you for your time.