default_image

7 years ago

April 26, 2019

कोलकतामाथि राजस्थानको रोमान्चक जित

136 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा कोलकता नाइट राइडर्समाथि राजस्थान रोयल्सलले ३ विकेटको रोमान्चक जित हात पारेको छ ।

१ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको राजिस्थानले ४ बल अगाडी ७ विकेट गुमाउँदै पुरा गर्यो । राजस्थानलाई जितको लागि अन्तिम ओभरमा ९ रन चाहिएको थियो । पहिलो बलमा जोफ्रा आर्चरले प्रसिद्ध कृष्णलाई चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै खेल जिताए । आर्चर १२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २७ रनमा अविजित रहे । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका युवा खेलाडी रियान परागले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा हिट विकेट आउट भए ।

त्यस्तै कप्तान अजिंक्या रहाणेले २१ बलमा ५ चौका र १ छक्का सहित ३४,सन्जु स्यामसन २२,स्टिभ स्मिथ २ र बेन स्टोक्स ११ रनमा आउट भए । स्टुअर्ट बिन्नी ११ र श्रेयस गोपाल १८ रनको योगदान दिए । कोलकताका पियुष चवलाले ४ ओभरमा २० रन खर्चेर ३,सुनिल नारायण २,प्रसिद्ध कृष्ण र आन्द्रे रसेलले समान १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान इडेन गार्डेन टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । कोलकता कप्तान दिनेश कार्तिक शतक बनाउन चुके । अन्तिम ओभरको अन्तिम बलमा चार रन चाहिएको अवस्थामा १ रन मात्र बनाएपछि कार्तिक शतक बनाउन ३ रनले चुकेका हुन् । कार्तिकले ५० बलमा ७ चौका र ९ छक्का प्रहार गर्दै ९७ रनमा अविजित रहे ।

कोलकताले पहिलो ओभरको तेस्रो बलमै ओपनर क्रिस लिनलाई शून्यमा गुमाएको थियो । सुभमन गिल १४,नितेश राना २१,आन्द्रे रसेल १४ र सुनिल नारायण ११ रनमा आउट भए । कार्लोस ब्रेथवेट ५ रनमा आउट हुँदा रिन्कु सिंह ३ रनमा अविजित रहे । बरुन आरोनले २,ओशन थोमस,जयदेव उनादकट र श्रेयस गोपालले समान १ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.