7 years ago
April 26, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै सर्वाधिक धनराशीको लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता हो । आईपीएलको १२ औं संस्करण हाल भारतका विभिन्न सहरमा जारी छ ।
प्रतियोगिताको ४३ औं खेल सकिंदा चेन्नई सुपर किंग्सको प्ले अफको संभावना लगभग पक्का देखिन्छ । अन्य सबै टोली भने बाँकी ३ स्थानका लागि प्रतिस्पर्धामा छन् । तुलनात्मक रुपमा रोयल च्यालेन्जर्स बेंगलोरको प्ले अफको संभावना भने निकै कमजोर छ ।
आईपीएलमा विश्वका सबै नाम चलेका स्टार क्रिकेटरहरु खेल्ने गर्दछन् । खेल अन्तर्गत चौका, छक्का, शतक, क्याच र विकेट लिएपछि खेलाडीले गर्ने सेलिब्रेसनले हरेक समर्थकलाई मनोरन्जन दिने गर्दछ । त्यस्तै मध्यको एक हो छक्का । हरेक समर्थकले आफूले समर्थन गर्ने टोलीका ब्याट्सम्यानबाट ठूला ठूला छक्काको आसा गरेका हुन्छन् ।
आईपीएल इतिहासमा वेस्ट इन्डिजका ओपनर क्रिस गेल कुल ३ सय २४ छक्का प्रहार गर्दै सर्वाधिक छक्का प्रहार गर्ने सूचिको शीर्षस्थानमा छन् । एबि डी भिलियर्सले २ सय ११ र महेन्द्रसिंह धोनीले २ सय ३ छक्का प्रहार गरेका छन् । यसक्रममा आईपीएल इतिहासमा सर्वाधिक लामो छक्का प्रहार गर्ने पाँच खेलाडी यसप्रकार छन् :
५. क्रिस गेल (१ सय १९ मिटर )

विश्व क्रिकेटमा विष्फोटक ब्याटिङको कुरा गर्दा वेस्ट इन्डिजका ओपनर क्रिस गेलको नाम अग्रस्थानमा आउने गर्दछ । गेल आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत हुन् । गेलले सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरबाट पुने वारिवर्सका अली मुर्तजालाई मिड विकेटमा कडा छक्का प्रहार गरेका थिए । जुन छक्का १ सय १९ मिटर टाढा पुगेको थियो । त्यसै खेलमा गेल ६६ बलमा १७ छक्का र १३ सहित १ सय ७५ रनमा नटआउट रहेका थिए ।
४. रोविन उथप्पा (१ सय २० मिटर )
भारतीय टिमका पूर्व खेलाडी रोविन उथप्पाले सन् २०१० मा रोयल च्यालेन्जर्स बेंगलोरबाट वानखडे स्टेडियममा १ सय २० मिटर टाढा छक्का प्रहार गरेका थिए ।
३. एडम गिलक्रिष्ट (१ सय २२ मिटर)

सन् २०११ मा किंग्स इलाभेन पन्जावका कप्तान समेत रहेका एडम गिलक्रिष्टले रोयल च्यालेन्जर्स बेंगलोरका चार्ल लैंगेवेल्टलाई धर्मशालामा १ सय २२ मिटर लामो छक्का प्रहार गरेका थिए ।
२. प्रविन कुमार (१ सय २४ मिटर )
सन् २००८ मा बेंगलोरबाट खेल्दै प्रविन कुमारले राजस्थान रोयल्सका बलर युसुफ पठानलाई १ सय २४ मिटर लामो छक्का प्रहार गरेका थिए । घरेलु मैदान चिन्नास्वामी स्टेडियममा अफ स्पिनर पठानलाई लङ अनमा उक्त छक्का प्रहार गरेका थिए ।
१. एल्बी मोर्कल (१ सय २५ मिटर)

दक्षिण अफ्रिका अलराउन्डर एल्बी मोर्कलले चेन्नई सुपर किंग्सबाट सन् २००८ मा १ सय २५ मिटर लामो छक्का प्रहार गरेका थिए । जुन आईपीएलकै सर्वाधिक लामो छक्कामा पर्दछ । घरेलु मैदान चेन्नईमा मोर्कलले डेकन चार्जर्सका प्रज्ञान ओझालाई मिड विकेटमा उक्त छक्का प्रहार गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]