7 years ago
April 26, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी चेन्नईको घरेलु मैदान एमए स्टेडियममा सुरु हुने छ । यस अघि मुम्बईको घरेलु मैदानमा चेन्नई ३७ रनले पराजित भएको थियो । शीर्ष स्थानमा रहेको चेन्नई र तेस्रो स्थानमा रहेको मुम्बईबीचको भिडन्त रोचक हुने अनुमान गरिएको छ ।
चेन्नई आजको खेलमा विजयी भए दुई खेल अगावै प्ले अफमा पुग्ने पहिलो टोली बन्ने छ । मुम्बई विजयी भए प्ले अफ बलियो बन्ने छ । जारी आईपीएलमा चेन्नईले ११ खेलमा ८ मा जित र ३ मा हारका साथ १६ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बईले १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा छ । मुम्बई आजको खेलमा विजयी भए दोस्रो स्थानमा उक्लिने छ ।
चेन्नईका शेन वाटशन, इमरान ताहिर, रविन्द्र जडेजा, सुरेश रैना, फाफ डु प्लेसिस, हरभजन सिंह प्रमुख हतियार तथा जारी आईपीएलमा उत्कृष्ट प्रर्दशन गरि रहेका खेलाडी हुन् । मुम्बईका हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्विन्टन डी कक, जसप्रित बुमराहको यस सिजनको आईपीएलमा प्रर्दशन उत्कृष्ट छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]