default_image

7 years ago

April 26, 2019

आर्मी र न्यू होराइजनको विजयी सुरुवात

164 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – दोस्रो संस्करणको वाई वाई कर्णाली प्रिमियर लिग (केपीएल) को दोस्रो दिन त्रिभुवन आर्मी क्लब र न्यू होराइजन बुटवलले जित दर्ता गरेका छन् । आर्मीले लालीगुरास क्रिकेट एकेडेमीलाई ५८ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

कालिन्चोक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको आर्मीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । आर्मीका लागि युवा खेलाडी कुशल मल्लले मात्र २१ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ४२ रनको योगदान दिए । त्यस्तै विकेटकीपर राजु रिजाल ४९,हरि वहादुर चौहान १९,अनिल कुमार मण्डल ९,सोमपाल कामी २,विनोद भण्डारी १२,रोहित कुमार पौडेल ९, भिम सार्की ५ रनमा आउट भए । लालिगुरासका लागि तिलक मगर,यश कनैदिया र प्रनव शाहले समान २ विकेट लिए ।

१ सय ७७ रनको विजयी लक्ष्य पछ्पाएको लालिगुरासले निर्धारित २० ओभरमा अल आउट हुँदै १ सय १८ रनमा समेटियो । उसका लागि बिवेक राजपुत २७,प्रनव शाह २० र दिपेन योगीले १३ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । आर्मीको जितमा भिम सार्की,जितेन्द्र मुखिया र हरि बहादुर चौहानले २ विकेट लिए । त्यस्तै कुशल मल्ल र शुसन भारीको नाममा समान १ विकेट रह्यो । मल्ल म्यान अफ द म्याच घोषित भए ।

त्यसअघि पहिलो खेलमा वुटवलले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई ७१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको वुटवलले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६६ रन बनाएको थियो । वुटवलका लागि ओपनर सुनिल धमलाले ४० बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ६० रनको योगदान दिए । त्यस्तै अर्जुन रायमाझीले ४०,सुरोज दराई २१,सुवेन्दु पाण्डे १४ रनमा आउट भए । निश्चल चौधरी ११ र विशाल सुनार ८ रनमा अविजित रहे । महेन्द्रनगरका सन्तोष भट्टले २, विक्रम ठंगुना र विकाश एग्रीले समान १ विकेट लिए ।

१ सय ६७ रनको विजयी लक्ष्य पछ्पाएको महेन्द्रनगर १९.१ ओभरमा ९५ रनमा अल आउट भयो । उसका सन्तोष भट्ट २२,सन्जु धामी १३,मोहम्मद सोनु अन्सारी ११,सुशिल कार्कीले १० रनको योगदान दिए । बुटवललाई जिताउन शक्ति गौचनले ३,विकास श्रेष्ठ र सुनिल धमलाले समान २ तथा विपिन खत्रीले १ विकेट लिए । उत्कृष्ट अल राउण्डर प्रर्दशन गरेका धमला म्यान अफ द म्याच घोषित भए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.