default_image

7 years ago

April 26, 2019

रोहितको अर्धशतकमा चेन्नइलाई मध्यम लक्ष्य

133 views

0 Bookmark

एजेन्सी – कप्तान रोहित शर्माको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल)को ४४ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो ।

मुम्बईका लागि कप्तान समेत रहेका ओपनर रोहित शर्माले ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६७ रनको योगदान दिए । रोहितलाई १७ ओभरको दोस्रो बलमा मिचेल सान्टनरले मुरली विजयीबाट क्याच आउट गराए ।

अर्का ओपनर इभिन लुईसले ३० बलमा ३ चौका र १ छक्का सहित ३२,क्विन्टन डी कक १५ र कुनाल पान्ड्या १ रनमा आउट भए । तल्लोक्रमका हार्दिक पान्ड्या २३ र काइरन पोलार्डले १३ रनमा अविजित रहे ।

हार्दिकले १८ बलमा समान १ चौका र छक्का प्रहार गरे ।चेन्नईका मिचेल सान्टनरले २,इमरान ताहिर र दिपक चाहरले समान १ विकेट लिए । चेन्नईको कप्तानी आजको खेलमा सुरेश रैनाले गरेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.