6 years ago
April 27, 2019
एजेन्सी – थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगिताको सेमिफाईनल खेलमा हङकङले नेपाललाई ८७ रनको सामान्य लक्ष्य दिएको छ ।
थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हङकङ ३२.२ ओभरमा अल आउट हुँदै ८६ रनमा समेटियो । उसका लागि मिडिल अडरका आरुष भागवतले नेपाली बलरको डटेर सामना गर्दै ४३ रनमा अविजित रहे । हङकङलाई सम्मानजक लक्ष्य सम्म पुर्याउन उनले ८३ बलमा ४ चौका प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु हङकङका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसक्दा ४ ब्याट्सम्यान डक आउट हुन पुगे ।
ओपनर जगराज सिंहलाई विशाल कुमार पर्टेलले शून्यमा एलपी डब्लू आउट गरे । विशाललेनै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर लुकास ग्रेबियल डेललाई १ रनमा एलपी डब्लू आउट गर्दै दवावमा राखे । बृज नारायण ८,मोहम्मद एलियान जाहिर शून्य र रौनक कपुर ४ रनमा आउट भएपछि हङकङ संकटमा परेको थियो । हङकङको विकेट निरन्तर गुमि रह्यो । अहान कन्हाई त्रिवेदी ५,वाहिद मोहम्मद शून्यमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् ।
हङकङलाई सस्तैमा रोक्न नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । रमेश कुर्मी र बिशाल कुमार पर्टेलले समान २ विकेट हात पारे । त्यस्तै तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।
नेपालले समुह चरणमा मलेसिया र म्यानमारलाई पराजित गर्दा वर्षाको कारण थाईल्यान्डसँग अंक बाडेको थियो । अर्को सेमिफाईनल खेलमा मलेसिया र सिंगापुरबीचको प्रतिस्प्रर्धा जारी छ ।
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – चितवन राइनोजले युएईका अलराउन्डर बासिल हमिदलाई बाँकी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) को लागि टोलीमा भित्र्याएको छ । विदेशी खेलाडीका रुपमा चितवनले हमिदलाई टोलीमा भित्र्याएको बिहीवार जनाएको छ । हमिदले युएईको लागि निरन्तर प्रभाव पार्दै आएका छन् । उनले टी ट्वान्टीमा ७० खेल्दै ८ सय ५८ रन बनाउनुको साथै ३८ विकेट लिएका छन् […]
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका महान पूर्व क्रिकेटर ब्रायन लारा शुक्रवार नेपाल आइपुग्ने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले लारा शुक्रवार बिहान ८ः२० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने बिहीवार प्रेस विज्ञप्ति मार्फत जनाएको छ । क्यानका अनुसार लारा जारी रहेको नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी हुन नेपाल आउन लागेका हुन् । एनपिएल कै […]
December 12, 2024
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा शनिवार सुरु हुने एसिसी यु १९ महिला एसिया कपका लागि नेपाली युवा टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले बिहीवार पुजा महतोको कप्तानीमा रहेको नेपाली टोलीको बिदाइ गरेको हो । गत महिना यु १९ महिला विश्व कपमा नेपाललाई पहिलो पटक छनोट गराउँन सफल टोलीकी १ खेलाडी परिवर्तन हुँदा २ […]