default_image

7 years ago

April 27, 2019

अनिलको शानदार शतकमा एपीएफ विजयी

156 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेतमा जारी दोस्रो संस्करणको वाई वाई कर्णाली प्रिमियर लिग(केपीएल)मा शनिवार भएको खेलमा एपीएफ र कर्णाली ११ विजयी भएका छन् । सशस्त्र प्रहरी बल एपीएफले हिमालयन क्रिकेट एकेडेमीलाई ८४ रनले पराजित गर्यो । त्यस्तै पहिलो खेलमा कर्णाली ११ ले मध्य पश्चिम क्रिकेट क्लवलाई ३१ रनले पराजित गरेको थियो ।

सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा मात्र २ विकेटको क्षतिमा १ सय ९२ रन बनाएको थियो । एपीएफलाई विशाल योगफल तयार पार्न राष्ट्रिय टिमबाट खेली सकेका ओपनर अनिल कुमार शाहले सानदार शतक प्रहार गरे । अनिलले ५८ बलमा १५ चौका र ३ छक्का प्रहार गर्दै १ सय २ रनको शतकीय पाली खेले । त्यस्तै शरद भेषवाकरले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५१ रनमा आउट हुँदा प्रदीप ऐरी १२ र शंकर राना १३ रनमा नट आउट रहे । हिमालयनका लागि सन्दीप खड्का र हेमन्त थापाले समान एक विकेट हात पारे ।

१ सय ९३ रनको विशाल लक्ष्य पछ्पाएको हिमालयन क्रिकेट एकेडेमीले १९.२ ओभरमा अल आउट हुदै १ सय ८ रन मात्र बनाउन सक्यो । उसका लागि पवन कार्कीले २४,सुरेन्द्र चन्द १४ र पदम के सीले १३ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । एपीएफका लागि शरद भेषवाकरले ३.२ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । सन्दीप जोरा २,पुरन बिक र भुवन कार्कीले समान २ विकेट हात पारे । शतक प्रहार गरेका अनिल कुमार शाह म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै आज भएको पहिलो खेलमा आयोजक कर्णाली ११ ले मध्य पश्चिम क्रिकेट क्लवलाई ३१ रनले पराजित गर्यो । टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ११ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । उसका लागि रविन्द्र जंग शाहीले ५६ बलमा ६ चौका सहित ६१,कृष्ण कार्की ४६,लोकेश बम १७ रनको योगदान दिए । मध्य पश्चिमका तुल्सी राम अहिनले २ विकेट हात पारे ।

१ सय ४९ रनको लक्ष्य पछ्पाएको मध्यपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १७ रन बनायो । उसका लागि शैलेन्द्र यादवले ३१,राजवीर सिंह ३०,आकश विष्ट २३ र अमित तामाङले १० रन जोडे । कर्णाली ११ का लागि कृष्ण कार्कीले ३,किशोर महतो २ विकेट लिए । अलराउण्डर प्रर्दशन गरेका कृष्ण कार्कीले म्यान अफ द म्याच घोषित भए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.