default_image

7 years ago

April 27, 2019

हैदरावाद राजस्थानसँग स्तब्ध

120 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को ४५ औं खेलमा सनराइजर्स हैदरावादलाई राजस्थान रोयल्सले ७ विकेटले पराजित गरेको छ ।

शनिवार राती सम्पन्न खेलमा हैदरावादमाथि सहज जित निकाल्दै राजस्थानले प्ले अफको संभावना कायमै राखेको छ । १ सय ६१ रनको विजयी लक्ष्य पछ्पाएको राजस्थानले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो ।

राजस्थानको लागि लियाम लिभिङस्टोनले आक्रमक ब्याटिङ गर्दै २६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रन जोडे । अजिंक्या रहाणेले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा आउट भए । लियाम र रहाणेले पहिलो विकेटका लागि ९ ओभरमा ७८ रनको साझेदारी गर्दै राजस्थानको जित सहज बनाएका थिए । युवा खेलाडी सन्जु स्यामसन ३२ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४८ रनमा अविजित रहे । कप्तान स्टिभ स्मिथ २२ रनमा आउट भए । यस अघि लगातार पाँच टी२० खेलमा डक आउट भएका एस्टन टर्नर आजको खेलमा ३ रनमा अविजित रहे । हैदरावादका सकिब अल हसन,राशिद खान र खलिल अहमीदले समान १ विकेट लिए ।

त्यस अघि जयपुरमा टस हारेर ब्याटिङ थालेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनायो । हैदरावादका मिडिल अडरका ६ ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हैदरावादका मनिष पान्डेले सर्वाधिक ६१ रन बनाएपनि एक्लो प्रयास जितको लागि प्राप्त भएन । १५ ओभरको अन्तिम बलमा श्रेयस गोपालले सन्जु स्यामसनबाट क्याच आउट गराउनु अघि ३६ बलमा ९ चौका प्रहार गरे ।

ओपनर डेविड वार्नर ३७ रनमा आउट भए । ३२ बलको सामना गरेका वार्नरले कुनै पनि छक्का र चौका प्रहार गर्न सकेनन् । वार्नरलाई १३ ओभरको पहिलो बलमा ओशन थोमसले स्टिभ स्मिथबाट क्याच आउट गराए । हैदरावादको मिडिल अडरको प्रर्दशन सम्झन लायक रहेन । कप्तान केन विलियम्सन १३,विजय शंकर ८,दिपक हुड्डा शुन्य,सकिव अल हसन ९ र रिद्धीमान साह ५ रनमा आउट भए ।राशिद खानले ८ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १७ रनमा अविजित रहे । राजस्थानका श्रेयस गोपाल,ओशन थोमस,जयदेव उनादकट र बरुण आरोनले समान २ विकेट लिए ।

कोलकता नाइट राइडर्सलाई पछि पार्दै अंक तालिकामा राजस्थान छैटौं स्थानमा उक्लेपछि प्ले अफ समिकरण झनै रोचक बनेको छ । राजस्थानले १२ खेलमा ५ जित र ७ मा हारका साथ बेंगलोर र कोलकतालाई पछि पार्दै छैटौं स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.