7 years ago
April 28, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा रोयल च्लायेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुने छ ।

खेल नेपाली समय अनुसार दिउँसोे ४ : १५ देखी दिल्लीको घरेलुको मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । दिल्ली विजयी भए प्ले अफ पुग्दा बेंगलोर समुह चरणबाटै बाहिरिने पहिलो टोली बन्ने छ ।
बेंगलोर विजयी भए प्ले अफको झिनो अंक गणीतिय संभावना कायमै राख्ने छ । दिल्ली ११ खेलमा ७ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा छ । समान खेल खेलेको बेंगलोरले ७ खेलमा पराजित हुँदा ४ खेलमा जित निकाल्दै पुछारमा छ । बेंगलोरको घरेलु मैदानमा दिल्ली ४ विकेटले विजयी भएको थियो ।
दोस्रो खेलमा आज कोलकता नाइट राइडर्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुने छ । खेल बेलुका ८ : १५ देखी इडेन गार्डेनमा सुरु हुने छ । दोस्रो स्थानमा रहेको मुम्बई विजयी भए प्ले अफमा पुग्ने निश्चित बन्दा कोलकता बाहिरिने छ ।
कोलकता विजयी भए प्ले अफको अंक गणीतिय आसा जीवतै राख्ने छ । मुम्बई ११ खेलमा ७ मा जित र ४ मा हारका साथ दोस्रो स्थानमा छ । कोलकता ११ खेलमा ७ मा हार र ४ मा जितका साथ साँतौ स्थानमा छ ।
सन्दीपको संभावना ?
सन्दीपले आजको खेलमा टिममा मौका पाउन सक्ने उच्च संभावना छ । फिरोज शाह कोटला स्पिनर उपयोगि मैदान हो । त्यसैले आजको खेलमा दिल्लीले दुई स्पिनर सन्दीप लामिछाने र अमित मिश्रा दुबैलाई मैदान उतार्न सक्ने प्रवल संभावना छ ।
एकै स्पिनर मैदान उतार्दा पनि सन्दीप पहिलो रोजाईमा पर्ने संभावना बढी छ । राजस्थानसँगको खेलमा प्रमुख स्पिनर अमित मिश्राले ३ ओभरमा २८ रन खर्चिदा कुनै विकेट लिएका थिएनन् । त्यसैले आजको खेलमा सन्दीप दिल्लीको पहिलो रोजाईको स्पिनरमा पर्न सक्छन् ।
सन्दीपले आफ्नो पछिल्लो खेलमा पन्जावसँग ३ विकेट लिएका थिए । तर राजस्थानसँगको खेलमा सन्दीपले मौका पाएनन् । सन्दीपले जारी आईपीएलमा ५ खेलमा ८ विकेट लिएका छन् । राजस्थानसँगको खेलमा सन्दीपको स्थानमा मौका पाएका शेरफेन रदरफोर्डलाई १ ओभरमा १६ रन खर्चिएका थिए ।
तर दिल्लीले आज उनलाई मौका दिने संभावना देखिदैन । शेरफेनलाई मैदान उतार्दा दिल्लीको बलिङ रणनीति कमजोर बन्न पुग्छ । त्यसैले सन्दीपको संभावना उच्च देखिन्छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]