7 years ago
April 28, 2019
एजेन्सी – नेपालले एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । आइतबार फाईनल खेलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका कप्तान विशाल विक्रम केसी ‘म्यान अफ द सिरिज’ चुनिए ।

उनले प्रतियोगिताभर ५ खेलमा ९३ रन बनाउनुका साथै ४ विकेट लिए । नेपाललाई उपाधी दिलाउन उनको उत्कृष्ट अलराउण्डर प्रर्दशन रह्यो ।
५ खेलमा ९ विकेट लिएका मलेसियाका सचिनु हेतेगे प्रतियोगिताको उत्कृष्ट बलर चुनिए । सिंगापुरमा ग्रिन राहुल गुनी प्रतियोगिताको सवोत्कृष्ट ब्याट्सम्यान घोषित भए । प्रतियोगिताकै सर्वाधिक रन बनाउने खेलाडी बनेका उनले चार खेलमा १ शतक,एक अर्ध शतक सहित २ सय रन बनाए ।
अप्रिल २० देखी सुरु भएको प्रतियोगितामा ८ देशको सहभागिता थियो । समूह ए मा नेपाल, मलेसिया,थाइल्यान्ड ,म्यानमार र समुह बी मा सिंगापुर,भुटान,हङकङ,चीन थिए । नेपालले समुह चरणमा म्यानमारलाई ७ विकेट र मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।
थाईल्यान्डसँगको खेल वर्षाको कारण रद्ध हुँदा समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । सेमिफाईनलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गरेको थियो ।जारी प्रतियोगितामा नेपालले अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]