default_image

5 years ago

April 28, 2019

बेंगलोरलाई हराउँदै दिल्ली ७ वर्षपछि प्लेअफमा

एजेन्सी – दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो । १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन […]

26 views

0 Bookmark

एजेन्सी – दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो ।

१ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन बनायो । बेंगालोरका लागि पार्थिव पटेलले २० बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा अक्षर पटेलबाट क्याच आउट भए । छैटौं ओभरको पाँचौ बलमा रवडाले पटेललाई क्याच आउट गराएका थिए । कप्तान विराट कोहली १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रनमा क्याच आउट भए । कोहली र पटेलले पहिलो विकेटका लागि ५.५ ओभरमा ६३ रनको सानदार सुरुवात दिलाएका थिए ।

एवि डी भिलियर्स १७,शिवम दुबे २४,हेनरिक क्लासेन ३,गुरर्कीत सिंह २७ रनमा आउट भए । मार्कस स्टोइनिस ३२ रनमा अविजित रहे । दिल्लीको जितमा कागीसो रबडाले २,अक्षर पर्टेल,इसान्त शर्मा र शेरफेन दरफरर्डले समान एक विकेट हात पारे ।

त्यस अघि घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले अर्ध शतक प्रहार गरे । १३ ओभरको दोस्रो बलमा वाशिन्टन सुन्दरबाट युजवेन्द्र चाहलले क्याच आउट गराउनु अघि धवनले ३७ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ५० रनमा आउट भए ।

श्रेयस ऐर

कप्तान श्रेयस ऐरले ३७ बलमा ३ छक्का र २ चौका प्रहार गर्दै ५२ रनमा आउट भए । ऐरलाई सुन्दरले १६ ओभरको तेस्रो बलमा कप्तान विराट कोहलीबाट क्याच आउट गराए । ऐर र धवनले दोस्रो विकेटका लागि ६८ रनकोे साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । दिल्लीका मिडिल अडरका ब्याट्सम्यान भने सस्तैमा आउट भए । पृथ्वी शा १८,ऋषभ पन्त ७,कोलिन इनग्राम ११ रनमा आउट भए ।

तल्लो क्रमका अक्षर पटेल शेरफेन रदरफोर्ड आक्रमक ब्याटिङ गर्दै दिल्लीलाई विशाल योगफल सम्म पुर्याए । शेरफेनले १३ बलमा १चौका र ३ छक्का प्रहार गर्दै २८ रनमा अविजित रहे । पटेलले ९ बलमा ३ चौका प्रहार गर्दै १६ रनमा अविजित रहे । बेंगलोरका युजवेन्द्र चाहलले २,उमेश यादव,वाशिन्टन सुन्दर र नन्दीप सैनीले समान १ विकेट हात पारे ।

सन्दीपलाई मात्र तीन ओभर

सन्दीपलाई दिल्लीले तेस्रो ओभरमा बलिङ गर्न ल्याएको थियो । पहिलो र दोस्रो बलमा पार्थिव पटेलले चौका प्रहार गरे । तेस्रो बलमा एक रन लिदै पार्थिवले स्ट्राइक विराट कोहलीलाई दिए । कोहलीले चौथो बलमा एक रन लिए । पाँचौ बलमा सन्दीपलाई पटेलले पुन चौका प्रहार गरे । अन्तिम बलमा १ रन लिदै स्ट्राइक आफ्नो साथमा राखे ।

दिल्लीले सन्दीपलाई ११ औं ओभरमा पुन मौका दिएको थियो । पहिलो बलमा एवी डी भिलियर्स र दोस्रो बलमा शिभव दुबेले एक – एक रन लिए । तेस्रो बलमा डिभिलियर्सले पुन एक रन लिए । चौथो बलमा दुबेले १ रन लिए । पाँचौ बलमा ए बी डिभिलियर्सले १ रन लिदा अन्तिम बलमा दुबेले छक्का प्रहार गरे ।

१६ औं ओभरको पहिलो बलमा सन्दीपले मार्कस स्टोइनिसलाई डट गराए । दोस्रो बलमा स्टोइनिसले कडा छक्का प्रहार गरे । अन्य चार बलमा भने सन्दीपले ४ रन मात्र दिए । चारै रन सिंगल थियो ।

यो जितसँगै दिल्लीले १२ खेलमा ८ मा जित र ४ मा हारका साथ शीर्ष स्थानमा उक्लिएको छ । बेंगलोर भने १२ खेलमा ८ मा हार र ४ मा जितका साथ पुछारमा रहेको छ । चेन्नई सुपर किंग्सले १२ खेलमा ८ मा जित र ४ मा हारका साथ प्ले अफमा पुगि सकेको छ ।

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

April 24, 2024

बोल्ट आइसीसी टि२० विश्वकपको दूत

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले ओलम्पिक लेजेन्ड तथा विश्व कीर्तिमानी धावक उसेन बोल्टलाई आउँदो आइसीसी मेन्स टि२० विश्वकपको दूतमा नियुक्त गरेको छ । आइसीसीले बुधबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी चर्चा र विश्व कीर्तिमानका कारण बोल्टलाई हालसम्मकै सबैभन्दा ठूलो विश्वकपको दूत बनाइएको जानकारी दिएको छ । बोल्टले विश्वकपको प्रचार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने […]

Success

Thank you for your time.