7 years ago
April 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाईल्यान्डमा सम्पन्न एसीसी यू१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली यू१६ टोली सोमबार नेपाल फर्किने भएको छ ।

नेपाली राष्ट्रिय टोलीका टेक्निकल म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली यू१६ टोली सोमबार दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आईपुग्नेछ । नेपालले फाईनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै उपाधि जितेको थियो । अप्रिल २० देखी सुरु भएको प्रतियोगितामा ८ देशको सहभागिता थियो । समूह ए मा नेपाल, मलेसिया,थाइल्यान्ड ,म्यानमार र समुह बी मा सिंगापुर,भुटान,हङकङ,चीन थिए ।
नेपालले समुह चरणमा म्यानमारलाई ७ विकेट र मलेसियालाई ३९ रनले पराजित गरेको थियो । थाईल्यान्डसँगको खेल वर्षाको कारण रद्ध हुँदा समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको थियो । सेमिफाईनलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । ५ खेलमा ९३ रन बनाउनुका साथै ४ विकेट लिएका कप्तान विशाल विक्रम केसी ‘म्यान अफ द सिरिज’ चुनिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]