7 years ago
April 28, 2019
सुर्खेत(हाम्रो खेलकुद) – सुर्खेतमा जारी दोस्रो संस्करणको वाई वाई कर्णाली प्रिमियर लिगमा आइतबार सशस्त्र प्रहरी बल (एपीएफ) र मध्य पश्चिम क्रिकेट क्लव विजयी भएका छन् । एपीएफले न्यु होराइजन बुटवललाई ३८ रन र मध्यपश्चिमले लालिगुरास क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्यो ।

सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । एपीएफका शंकर रानाले २८ बलमा ४ छक्का र १ चौका सहित ४८,शरद भेषवाकरले ४१,अनिल कुमार शाह २६,सन्दीप जोरा १३ र प्रदीप ऐरी १३ रनमा आउट भए । न्यु होराइजनका राहुल प्रजापति र अर्जुन रायमाझीले समान ३ विकेट लिए । राहुलले १९ ओभरको चौथो बलमा अमर सिंह राउटेला,पाँचौ बलमा सन्दीप जोरा र अन्तिम बलमा सुमित महर्जनलाई लगातार आउट गर्दै ह्याट्रिय पुरा गरे पनि त्यो जितको लागि काम लागेन ।
१ सय ५४ रनको लक्ष्य पछ्पाएको वुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १५ रन मात्र बनाउन सक्यो । उसका लागि सुरज दराई ४०,विशाल सुनार १४,निश्चिल चौधरी २१,सुवेन्द्र पान्डे १३ र सुनिल धमला सुन्यमा आउट भए । एपीएफलाई जिताउन यज्ञमान कुमाल ३,भुवन कार्की र शरद भेषवाकरले समान दुई विकेट लिए ।
त्यस्तै आइतबार भएको पहिलो खेलमा मध्यपश्चिमले लालीगुरासलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ थालेको लालीगुरासले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनाएको थियो ।
उसका लागि प्रकाश पटेल ३०,धनुष थापा १८ र अजय यादवले १२ रन जोडे । मध्यपश्चिमका आकश विष्ट अजय साहनीले समान ३ विकेट लिए । १ सय १२ रनको लक्ष्य पछ्पाएको मध्यपश्चिमले १५ ओभरमा ३ विकेट गुमाउदै पुरा गर्यो । उसका लागि सैलेन्द्र यादव ५३ र विशाल गुप्ताले ४५ रन जोडे ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]