7 years ago
April 29, 2019
एजेन्सी – वेस्ट इन्डिजका अलराउण्डर आन्द्रे रसेल चम्केपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ३४ रनले पराजित गरेको छ ।

आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ३४ रनले पराजित गर्दै कोलकताले प्ले अफको संभावना कायमै राखेको छ । २ सय ३३ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९८ रन बनाउन सक्यो ।
मुम्बईका लागि हार्दिक पान्ड्याले विश्फोटक ब्याटिङ गर्दै ९१ रन बटुले पनि टोलीको हार टार्न सकेनन् । १८ ओभरको अन्तिम बलमा हेरी गुर्नीले आन्द्रे रसेलबाट क्याच गराउनु अघि उनले ३४ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै ९१ रन बनाए पनि एक्लो प्रयास टोलीको जितको लागि प्राप्त रहेन ।
त्यस्तै कुनाल पान्ड्या २४,काइरन पोलार्ड २०,सुर्य कुमार यादव २६,इभिन लुईस १५ र कप्तान रोहित शर्मा १२ रनमा आउट भए । कोलकताका आन्द्रे रसेल,हेरी गुर्नी र आन्द्रे रसेलले समान २ विकेट लिए ।
त्यस अघि घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन बनायो । कोलकतालाई विशाल योगफल बनाउन आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै मैदानमा चौका र छक्काको वर्षा गराए । रसेलले ४० बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८० रनमा अविजित रहे ।
कोलकताका लागि युवा खेलाडी सुभमन गिलले पनि उत्कृष्ट अर्ध शतक प्रहार गरे । १६ ओभरको दोस्रो बलमा हार्दिक पान्ड्याले इभिन लुईसबाट क्याच गराउनु अघि गिलले ४५ बलमा ४ छक्का र ६ चौका सहित ७६ रनको महत्वपूर्ण योगदान दिए ।
त्यस्तै क्रिस लिनले मात्र २९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै ५४ रनमा क्याच आउट भए । गिल र लिनले ९।३ ओभरमा पहिलो विकेटका लागि ९६ रनको साझेदारी गर्दै कोलकतालाई विशाल लक्ष्य तर्फ लम्काएका थिए । यी दुई बीचको साझेदारी राहुल चाहरले लुईसबाट लिनलाई क्याच गराउदै तोडेका थिए । त्यस्तै कप्तान दिनेश कार्तिक १५ रनमा अविजित रहे । मुम्बईका राहुल चाहर र हार्दिक पान्ड्याले समान १ विकेट लिए । यो जितसँगै कोलकता १२ खेलमा ५ मा जित र ७ मा हारका साथ अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]