7 years ago
April 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – बुधबार देखी सुरु हुने मनमोहन स्मृति अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बताएको छ ।
प्रतियोगिता कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा बैशाख १८ देखी २४ गते सम्म चल्ने छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । शीर्ष दुई दुई टोली सेमिफाईनलमा प्रवेश गर्ने छन् । खेल ३० ओभरको हुनेछ ।
प्रतियोगिताका सहभागी खेलाडीले सेतो रंगको जर्सी,ट्राउजर लगाउने र रातो बल खेलाइने बताइएको छ । प्रतियोगिताको समूह ए मा प्रदेश नं ३, कर्णाली, गण्डकी र ७ तथा समूह बीमा प्रदेश नं १, २ र ५ रहेका छन् ।
विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ ।
सम्रगमा उप विजेताले २ लाख ५० हजार पाउने छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले सेतो युनिफर्म र रातो बलले खेलाउदा क्रिकेटको सस्कृती जोगिरहने बताए ।
उद्घाटन खेल गण्डकी प्रदेश र प्रदेश नम्बर ३ बीच दिउँसो १२ : १५ देखी सुरु हुने छ । फाईनल बाहेक अन्य सबै दिन विहान ८ : ३० र दिउँसो १ : १५ बाट टियु मैदानमा खेल सुरु हुनेछ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]