default_image

7 years ago

April 29, 2019

विनोदको अर्धशतक र सुसनको पाँच विकेटका बाबजुद आर्मी पराजित

141 views

0 Bookmark

सुर्खेत(हाम्रो खेलकुद) – सुर्खेतमा जारी वाई वाई कर्णाली प्रिमियर लिग (केपीएल) मा सोमबार भएको खेलमा राष्ट्रिय खेलाडीले भरिएको त्रिभुवन आर्मी क्लब घरेलु टोली कर्णाली ११ सँग ११ रनले पराजित भएको छ ।

१ सय ५७ रनको लक्ष्य पछ्पाएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन मात्र बनाउन सक्यो । आर्मीका लागि बिनोद भण्डारीले ४२ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

त्यस्तै हरि वहादुर चौहानले ३८ र सोमपाल कामीले १० रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर अनिल कुमार मण्डल शून्य,राजु रिजाल,रोहित कुमार पौडेल समान ९,भिम सार्की ६,राजेश पुलामी मगर २,कुशल मल्ल १ रनमा आउट भए । कर्णालीको जितमा रविन्द्र जंग शाही र कृष्ण कार्कीले समान ३ विकेट हात पारे । त्यस्तै किशोर महतो र जितेन्द्रसिंह ठकुरीको नाममा १ विकेट रह्यो ।

त्यस अघि कर्णालीले कालिन्चोक मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कर्णाली ११ का लोकेश बमले ३० बलमा ६ चौका र २ छक्का सहित ५०,जितेन्द्र सिंह ठकुरी ३०,प्रदीप रसाली ३४,रविन्द्र जंग शाहीले २३ रनको योगदान दिए ।

आर्मीका सुसन भारीले ४ ओभरमा १६ रन खर्चेर ५ लिए पनि त्यो जितको लागि काम लागेन । जितेन्द्र मुखिया र कुशल मल्लले समान १ विकेट लिए । त्यस्तै आज भएको पहिलो खेलमा महेन्द्र नगर क्रिकेटले हिमालयन क्रिकेट क्लवलाई ५ रनले हराएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.