default_image

7 years ago

April 30, 2019

वार्नर र राशिद चम्किदा हैदरावाद विजयी

111 views

0 Bookmark

एजेन्सी – राशिद खान बलिङमा र डेविड वार्नर ब्याटिङमा चम्किदा इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ ।

सोमबार राती सम्पन्न खेलमा पन्जावलाई ४५ रनले पराजित गर्दै हैदरावादले प्ले अफको संभावना बलियो बनाएको छ । २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको पन्जावले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६७ रन बनाउन सक्यो ।

पन्जावका लागि ओपनर लोकेश(केएल) राहुलले ५६ बलमा ४ चौका र ५ छक्का प्रहार गर्दै ७९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । राहुललाई १९ ओभरको दोस्रो बलमा खलिल अहमदले कप्तान केन विलियम्सनबाट क्याच आउट गराए ।

पन्जावका अन्य क्रिस गेल ४,मंयक अग्रवाल २७,निकोल्स पुरन २१,डेविड मिलर ११ र रविचन्द्र आश्विन शून्यमा र श्रिमन सिंह १६ रनमा आउट भए । हैदरावादका राशिद खानले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । त्यस्तै खलिल अहमदले ३ र सन्दीप शर्माले २ विकेट लिए ।

त्यस अघि घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनायो ।

हैदरावादलाई विशाल योगफल तयार पार्न जारी सिजनको अन्तिम आईपीएल खेलि रहेका ओपनर डेविड वार्नरले ८१ रनको महत्वपूर्ण इनिङ्स खेले । १६ ओभरको अन्तिम बलमा रविचन्द्र आश्विनले मुजिव उर रहमानबाट क्याच गराउनु अघि उनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

रिद्धीमान शाह २८,मनिष पान्डे ३६ र केन विलियम्सन १४ रनमा आउट भए । तल्लोक्रमका मोहम्मद नाबी २०,राशिद खान १ रनमा आउट हुँदा विजय शंकर ७ र अभिषेक शर्मा ५ रनमा अविजित रहे ।पन्जावका लागि रविचन्द्र आश्विन र मोहम्मद सामीले समान २ विकेट लिए । त्यस्तै मुरुगन आश्विन र अक्षयदिप सिंहको नाममा समान १ विकेट रह्यो ।

यो जितसँगै हैदरावाद १२ खेलमा समान ६ मा जित र हारका साथ १२ अंक जोड्दै चौथो स्थानमा कायम रहेको छ । दिल्ली क्यापिटल्स १२ खेलमा ८ मा जित र ४ मा हारका साथ शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगि सकेको छ । १२ खेलमा ८ मा जित र ४ मा ब्योहोरेका चेन्नई पनि दोस्रो स्थानमा रहदै प्ले अफमा पुगि सकेको छ ।

१२ खेलमा ७ मा जित र ५ मा हारका साथ १४ अंक जोड्दै तेस्रो स्थानमा रहेको मुम्बईको पनि प्ले अफ पक्का पक्कि जस्तै देखिन्छ । कोलकता नाइट राइडर्स,पन्जाव,राजिस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलोर क्रमश : पाँचौ,छैटौं,सातौ र आठौं स्थानमा रहेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.