default_image

7 years ago

April 30, 2019

आईपिएलमा अन्तिम खेल खेल्दै स्मिथ

127 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयलसबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी बेंगलोरको घरेलु मैदानमा सुरु हुने छ । यस अघि राजस्थानको घरेलु मैदानमा बेंगलोर ७ विकेटले पराजित भएको थियो ।

बेंगलोर आजको खेलमा पराजित भए आधिकारीक रुपमा समुह चरणबाट बाहिरिने पहिलो टोली बन्ने छ । पुछारमा रहेको बेंगलोरको प्ले अफको भिनो अंक गणीतिय संभावना बाँकी छ ।

राजस्थानलाई पनि अंक गणीतिय संभावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । राजस्थानका कप्तान स्टिभ स्मिथको आईपीएलमा आजको खेल अन्तिम हुने छ ।

स्मिथले जारी आईपीएलमा १० खेलमा ३ अर्ध शतक सहित ३९.८७ को औसतमा कुल ३ सय १९ रन बनाएका छन् ।त्यस्तै बेंगलोरका अलराउण्डर मार्कस स्टोइनिसको पनि यो खेल अन्तिम हुने छ ।

यी दुबै खेलाडी आगमी महिना इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने वान डे विश्वकपको लागि बन्द्र प्रशिक्षणको लागि अष्टे«लिया फर्किने छन् । अष्टे«लिया क्रिकेट बोर्डले विश्वकपमा परेका सबै खेलाडीलाई अप्रिल अन्तिमसम्म प्रशिक्षणमा सहभागित हुन आदेश दिएको छ । त्यसै अनुरुप सनराइजर्स हैदरावादका ओपनर डेविड वार्नर र मुम्बई इन्डिन्सका जोसन बेहरनडोफ स्वदेश फर्कि सकेका छन् ।

जारी आईपीएलमा राजस्थान सातौ र बेंगलोर आठौं स्थानमा छन् । राजस्थान १२ खेलमा ५ खेलमा जित र ७ खेलमा पराजित भएको छ । त्यस्तै बेंगलोर समान खेलमा ४ मा जित र ८ मा हारका साथ पुछारमा छ । शीर्ष स्थानमा रहेको दिल्ली र दोस्रो स्थानमा रहेको चेन्नई प्ले अफमा पुगि सकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.