default_image

7 years ago

April 30, 2019

दुई देशबाट विश्वकप खेल्ने खेलाडीहरु

164 views

0 Bookmark

एजेन्सी – एकदिवसिय क्रिकेट विश्वकप आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपको लागि सबै देशले आफ्नो १५ सदस्य टोली घोषणा गरि सकेका छन् । यस पटक घोषणा गरेका टोली हेर्दा भारत, अष्ट्रेलिया र इंग्ल्यान्ड विश्वकप जित्न सक्ने प्रमुख दावेदार देशको रुपमा हेरिएको छ ।

क्रिकेट करियरमा आफ्नो राष्ट्रबाट विश्वकप खेल्ने जो कोही खेलाडीको सबैभन्दा ठूलो सपना हुने गर्दछ । यस पटक भारतका ऋषभ पन्त,आम्बीत रायुडु, इंग्ल्यान्डका जोफ्रा आर्चर, श्रीलंकाका दिनेश चान्डिमल, अष्ट्रेलियाका पिटर हेन्डस्कम्व,वेस्ट इन्डिजका सुनिल नारायण र किराण पोलार्ड जस्ता स्टार खेलाडीले विश्वकपमा मौका पाएनन् ।

क्रिकेट इतिहासमा धेरै खेलाडीले दुई देशको प्रतिनिधित्व गर्दै क्रिकेट खेलेका छन् । तर केहि यस्ता खेलाडी छन् जसले दुई देशबाट विश्वकप खेल्ने दुर्लभ अवसर पाएका छन् । यस पटकको विश्वकपमा इंग्ल्यान्ड कप्तानी गर्न लागेका इओन मोर्गनसहित यी ४ खेलाडी जसले दुई देशबाट विश्वकप खेले थिए ।

४. केप्लर वेसल्स

दुई देशबाट विश्वकप खेल्ने केप्लर वेसल्स विश्वका पहिला खेलाडी हुन् । केप्लरको जन्म दक्षिण अफ्रिकाको ब्लोमफोटेनमा भएको थियो । दायाँ हाते ब्याट्सम्यान उनले सन् १९८३ को विश्वकप भने अष्ट्रेलियाबाट खेले । त्यो विश्कप खेलको ९ वर्षपछि सन् १९९२ मा उनले दक्षिण अफ्रिकाबाट विश्कप खेल्दै इतिहास रचे र दुवै देशबाट विश्वकप खेल्ने पहिलो खेलाडी बने ।

३. एन्डरसन कमिन्स

अलराउन्डर एन्डरसन कमिन्सले वेस्ट इन्डिज र क्यानडाबाट विश्वकप खेलका छन् । उनले सन् १९९२ को विश्वकपमा वेस्ट इन्डिजबाट खेलेका थिए । त्यस्तै सन् २००७ को विश्कपमा भने उनले क्यानडाबाट विश्वकप खेले । क्यानडाबाट विश्वकप खेलेसँगै उनि दुई देशबाट विश्वकप खेल्ने दोस्रो खेलाडी बन्न पुगे ।

२. एड जोएस

ब्याट्सम्यान जोएसको जन्म आयरल्यान्डको राजधानी डब्लिनमा भएको थियो । तर उनले पहिलो विश्वकप आफ्नो देशबाट खेलेनन् । उनले सन् २००७ विश्वकप इंग्ल्यान्डबाट खेले । उनले उक्त विश्वकपमा क्यानडाविरुद्ध अर्ध शतक पनि प्रहार गरेका थिए । तर सन् २०११ र २०१५ को विश्वकपमा भने उनी आयरल्यान्डको टोलीमा थिए ।

१. ओइन मोर्गन

सुन्दा अचम्म लाग्न सक्छ तर इंग्ल्यान्डका हालका कप्तान ओइन मोर्गनले पनि दुई देशबाट विश्वकप खेलेका छन् । मोर्गनको जन्म आयरल्यान्डकोे राजधानीमा भएको हो । उनले सन् २००७ को विश्वकप आफ्नो देश आयरल्यान्डबाट खेलेका थिए । सन् २०११ र सन् २०१५ मा भने उनले इंग्ल्यान्डबाट विश्वकप खेले । आगमी महिना हुने वान डे विश्वकपको लागि घरेलु टोली इंग्ल्यान्डले उनकै कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । उनले इंग्ल्यान्डको कप्तानी सम्हालेदेखि हाल इंग्ल्यान्ड वान डे क्रिकेटमा विश्वको नम्बर वान डे टोली समेत बनेको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.