default_image

7 years ago

April 30, 2019

आर्मी केपीएलको सेमिफाइनलमा

97 views

0 Bookmark

सुर्खेत(हाम्रो खेलकुद) – सुर्खेतमा जारी दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) मा मंगलबार भएको खेलमा टोली त्रिभुवन आर्मी क्लब र न्यु होराइजन विजयी भएका छन् ।

आर्मीले मध्यपश्चिम क्रिकेट क्लबलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्यो । पहिलो खेलमा शक्ति गौचन कप्तान रहेको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्यो ।

समुह ए बाट ३ खेलमा २ जित दर्ता गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । सोहि समुहबाट ३ खेलमा ३ जित दर्ता गर्दै कर्णाली ११ ले यसअघि नै सेमिफाइनलमा स्थान बनाएको थियो। समुह बि बाट भने एपीएफ, न्यु होराइजन बुटवलको समान ४-४ अंक रहंदा बुधवार हुने खेलबाट सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्ने छ ।

कालिन्चोक मैदानमा मंगलबार टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन जोडेको थियो। उसका राजेश पुलामीले ५७ रन तथा हरि बहादुर चौहानले ५३ रन अर्ध शतकीय पाली खेले । राजेशले ३५ बलमा ५ चौका र ३ छक्का सहित ५७ रन जोड्दा हरिले ३७ बलमा ७ चौका र १ छक्का सहित ५३ रन जोडेका थिए ।।मध्यपश्चिमका अमित तामाङले २ विकेट लिए ।

१ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको मध्यपश्चिम १६.४ ओभरमा अल आउट हुँदै ७१ रनमा समेटियो । उसका लागि प्रनित थापा मगरले १९, तुलसीराम अहिमले १२ र मनोज सुनार र आकाश बिष्टले समान १०(१० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।आर्मीका कुशल मल्लले सर्वाधिक ४ विकेट लिए । यस्तै सुसन भारी र साहब आलमको नाममा समान २(२ विकेट रह्यो।खेलको प्लेयर अफ द म्याच राजेश पुलामी घोषित भए।पहिलो खेलमा शक्ति गौचन कप्तानीको न्यु होराइजन क्रिकेट एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गरेको थियो।

कालिन्चोक मैदानमा मंगलबार बिहान सम्पन्न खेलमा टस जितेर ब्याटिंग गरेको न्यु होराइजन क्रिकेट एकेडेमीले १८.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९२ रन बनाउन सकेको थियो । हिमालयनको लागि दिपेन्द्र ऐरीले सर्वाधिक २५ रन बनाए। होराइजनका बलर अर्जुन रायमाझीले सर्वाधिक ३ शक्ति गौचन र गोविन्द खत्रीले समान २ विकेट लिए।

९३ रनको लक्ष्य न्यु होराइजनले १४ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । निश्चल चौधरीले २९ बलमा ४ छक्का र ३ चौका मदतले अविजित ५० रन बनाएए । सुरज दराईले ११, अर्जुन रायमाझी र शक्ति गौचनले समान १० रन बनाए।लक्ष्य पछ्याउने क्रममा ३२ रनमै ५ विकेट गुमाएको होराइजनलाई निश्चल र शक्तिले ६६ रनको साझेदारी गर्दै जितसम्म पुर्याएका थिए। हिमालयन क्रिकेट एकेडेमीका पवन कार्कीले ३ तथा हेमन्त धामीले २ विकेट लिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.