default_image

7 years ago

May 1, 2019

लिग चरणबाटै बाहिरियो विराटको बेंगलोर

157 views

0 Bookmark

एजेन्सी – रोयल च्यलोन्जर्स बेंगलोर जारी आईपीएलमा लिग चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

मंगलबार राती राजिस्थान रोयल्ससँगको खेल वर्षाको कारण रद्ध भएपछि दुबै टोलीले १-१ अंक बाडें । १ अंक बाडेंपछि बेंगलोर समुह चरणबाटै बाहिरिनु परेको हो । वर्षाको कारण निर्धारित समय भन्दा झण्डै ४ घण्टापछि खेल सुरु भएको थियो । खेल ५–५ ओभरमा झारिएको थियो । ६३ रनको लक्ष्य पछ्याएको अवस्थामा राजस्थानले ३.२ ओभरमा ४१ रन बनाउन १ विकेट गुमाएको अवस्थामा पुन पानी परेपछि खेल रद्ध हुन पुगेको हो ।

पहिलो ओभरको पहिलो बल डट खाएका सन्जु स्यामसनले दोस्रो बलमा कडा छक्का प्रहार गरे । उमेश यादवलाई तेस्रो बलमा चौका प्रहार गर्दा अन्य तीन बल भने लगातार डट राखे । लिभिङ्ग स्टोनल नन्दीप सैनीलाई पहिलो बलमा चौका र दोस्रोमा छक्का प्रहार गर्ने ।तेस्रो फुलटस बलमा ठूलो शर्ट प्रहार गर्ने धुनमा हेनरिक क्लासेनले क्याच छाडेपछि जीवन दान पाए । सैनीले अन्य चार बलमा दुई रन मात्र खर्चिए ।

कुलवन्त खेजरिलियाको तेस्रो ओभरको पहिलो र पाँचौ बलमा छक्का तथा अन्तिम बलमा चौका प्रहार गर्दै सन्जु स्यासनले १८ रन बटुले । चौथो ओभरको दोस्रो बलमा स्यामसनलाई युजवेन्द्र चाहलले पवन निगीबाट क्याच गराउँदै २८ रनमा पेभिलिएन फर्काए । स्यामसनले १३ बलमा ३ छक्का र २ चौका प्रहार गरे । लियाम लिभिङ्गस्टोन ११ रनमा अविजित रहे ।

त्यस अघि घरेलु मैदान चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा ६२ रन बनायो । बेंगलोरले विराट कोहली र एबी डी भिलियर्सलाई ओपनरको रुपमा मैदान उतारेको थियो । पहिलो ओभरको सुरुवाती दुई बलमा कप्तान विराट कोहलीले लगातार छक्का प्रहार गरे । चौथो र अन्तिम बलमा डी भिलियर्सले चौका प्रहार गरे पछि बरुन आरोनले पहिलो ओभरमै २३ रन खर्चिएका थिए ।

विराटले दोस्रो ओभरको पहिलो बलमा छक्का र दोस्रो बलमा श्रेयस गोपाललाई चौका प्रहार गरे । चौथो बलमा भने गोपालले कोहलीलाई लङ अनको दिसामा लिभिङ स्टोनबाट क्याच आउट गराए । कप्तान कोहलीले ७ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २५ रनमा आउट भए ।

गोपालले लगतै अर्को बलमा डीभिलियर्सलाई क्याच आउट गराए । डी भिलियर्स पनि ठूलो शर्ट खेल्ने घुनमा रियान परागबाट क्याच आउट भए । अन्तिम बलमा मार्कस स्टोइनिसलाई स्टिभ स्मिथबाट क्याच गराउदै गोपालले ह्याट्रिक पुरा गरेका थिए । डी भिलियर्सले ४ बलमा २ चौका सहित १० रन जोडे । गोपालले ह्याट्रिक गरेपछि राजस्थान खेलमा फर्किएको थियो । तेस्रो ओभरमा रियान परागले १० रन खर्चेर १ विकेट लिए ।

जयदेव उनादकटको चौथो ओभरको दोस्रो बलमा पार्थिव पेटलले चौका प्रहार गरे पनि अन्तिम बलमा ओशन थोमसबाट क्याच आउट भए । उनले ५ बलमा ८ रन बनाए । उनादकटले यस ओभरमा ९ रन मात्र खर्चिए । अन्तिम ओभरमा ओशन थोमसले ८ रन खर्चेर २ विकेट लिए । राजस्थानका श्रेयस गोपालले १ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । त्यस्तै ओशन थोमस २, रियान पराग र जयदेव उनादकटको नाममा समान १ विकेट रह्यो ।

बेंगालेर १३ खेलमा ४ मा जित र ८ मा हारका साथ ९ अंक जोड्दै पुछारमा रहेको छ । अन्तिम खेल जितेपनि बेंगलोर प्ले अफमा पुग्न सक्दैन । राजस्थान भने पाँचौ स्थानमा उक्लिएको छ । १३ खेलमा ७ मा हार र ५ मा जितका साथ ११ अंक जोड्दै राजस्थान पाँचौ स्थानमा छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.