default_image

7 years ago

May 1, 2019

उपाधि दाबेदार चेन्नई र दिल्ली खेल्दै, सन्दीपको संभावना ?

121 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा आज चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा सुरु हुनेछ ।

चेन्नई र दिल्ली दुवै टोलीले प्ले अफमा स्थान बनाई सकेका छन् । आजको खेल विजयी हुने टोलीको शीर्ष दुईमा रहेर सोझैं क्वालिफायर खेल्ने संभावना बलियो बन्ने छ । यसअघि दिल्लीको घरेलु मैदानमा चेन्नई ६ विकेटले विजयी भएको थियो । दिल्ली १२ खेलमा ८ मा जित र ४ मा हारका साथ १६ अंक जोड्दै शीर्ष स्थानमा छ । चेन्नईको पनि समान खेल र नतिजाका साथ नेट रन रेटमा पछि पर्दै दोस्रो स्थानमा छ ।

चेन्नईका कप्तान महेन्द्र सिंह धोनी फिट भएका छन् । तर उनि खेल्ने नखेल्ने भने अनिश्चित रहेको छ । धोनी यस अघि मुम्बई इन्डियन्सको खेलमा चेन्नईको टोलीमा थिएनन् । त्यस्तै मुम्बईसँगको खेलमा आराम पाएका रविन्द्र जडेजा र फाफ डु प्लेसिस पनि टोलीमा फर्किने छन् ।

सन्दीपको संभावना न्युन !

चेन्नईविरुद्ध नेपाली लेग स्पिनर सन्दीप लामिछानेको संभावना न्युन देखिन्छ । सन्दीपले जारी आईपीएलमा ६ खेलमा ८ विकेट लिएका छन् । पछिल्लो खेलमा सन्दीपले बेंगलोरविरुद्ध ३ ओभरमा ३६ रन खर्चिदै खराव प्रर्दशन गरेका थिए । जुन प्रर्दशनको कारण सन्दीपलाई आज टोलीमा स्थान बनाउन कठिन पर्न सक्ने देखिन्छ । दिल्लीले सन्दीपलाई ६ खेलमा मौका दिएको छ । जस मध्य ४ खेलमा आफ्नै घरेलु मैदान फिरोज शाह कोटला रहेको छ ।

अर्थात अवे मैदानमा दुई खेलमा मात्र मौका पाएका छन् । केहि खेलमा दिल्लीले कोटलामा सन्दीप र अन्य मैदानमा प्राय अफ्रिका अलराउण्डर क्रिस मोरिसलाई मौका दिएको छ । आज सन्दीपको स्थानमा दिल्लीले मोरिसलाई मैदान उतार्न सक्छ ।

चार विदेशी कोटामा कागिसो रबडा दिल्लीको टोलीमा निश्चित छ । त्यस्तै मिडिल अडरका कोलिन इनग्रामको पनि उच्च संभावना देखिन्छ । बेंगलोरविरुद्ध उत्कृष्ट अलराण्डर प्रर्दशन गरेका शेरफेन रदरफोर्डको पनि दिल्लीले विकल्प खोज्ने संभावना देखिदैन । सन्दीप,मोरिस र किमो पल मध्य एकले मौका पाउने छन् । पछिल्ला खेलमा पल र सन्दीपको प्रर्दशन खराव रहँदा मोरिस पहिलो रोजाईमा पर्न सक्छन् ।

अमित मिश्राले बेंगलोरविरुद्ध ४ ओभरमा २९ रन खर्चिएर २ विकेट लिएपछि सन्दीपको संभावना झनै कमजोर भएको हो । मिश्रालाई दिल्लीले आजको खेलमा पहिलो रोजाईको प्रमुख स्पिनरको रुपमा खेलाउने संभावना उच्च छ । यद्ययी चेन्नईको मैदान स्पिनर उपयोगि हुँदा मिश्रा र सन्दीप दुबैले मौका पाउन सक्छन् ।

स्पिनरलाई सहयोग पुग्ने पिच भएकाले चेन्नईले पछिल्लो खेलमा दुई विदेशी स्पिनर मिचेल सान्टनर र इमरान ताहिरसहित हरभजन सिंहलाई खेलाएको थियो । खेलाडी परिवर्तन गरि राख्दा टोलीको प्रर्दशनमा असर पुग्ने हुँदा दिल्लीले बेंगलोरसँगको टोलीलाईनै निरन्तरता दिन पनि सक्ने संभावना त्यतिकै छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.