7 years ago
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश ३ ले अन्तर प्रदेश यु१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । बुधबार उद्धघाटन खेलमा प्रदेश ३ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदान (टियु)टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी प्रदेश २७.५ ओभरमा ९९ मा अल आउट भएको थियो । गण्डकीका लागि अभिशेक थापाले सर्बाधिक २२ रन बटुले । त्यस्तै ओपनर अर्जुन कुमालले १६ रन बनाए । कुमालले ५० बलको सामना गर्दा १ चौका प्रहार गरे । अर्का ओपनर सोहिल कुवरले ८ रन बनाए भने अनित बरालले १७ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् । गण्डकीलाई सस्तैमा रोक्न प्रदेश तीनका अजय देवले ५.५ ओभरमा २४ रन खर्चेर ६ विकेट लिए । सक्रिय कार्की,तिलक भन्डारी र कृष्ण कार्कीको नाममा समान समान १ विकेट रह्यो ।
गण्डकी प्रदेशले प्रस्तुत गरेको १ सय रनको विजयी लक्ष्य प्रदेश ३ ले १६.५ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो । प्रदेश ३ को सुरुवात भने राम्रो भएन । पहिलो बलमै ओपनर दिपक बोहरा आउट भए । उनि लगत्तै विपिन बिक्रम शाहीलाई पनि टिमलाई १ रनमा गुमाएको थियो । आईश भट्टराई र अभिषेक उपाध्यायले मिलेर टिमलाई सहज जित दिलाए ।आईसले ५७ बलमा ६ चौकाको सहयोगमा ५९ रन अविजित रहे । अभिषेक ३५ रनमा अविजित रहे । ६ विकेट लिएका अजय खेलमा म्यान अफ द म्याच घोषित भए ।
वैशाख २४ गते सम्म चल्ने प्रतियोगितामा समूह ए मा प्रदेश नं ३,कर्णाली,गण्डकी र ७ तथा समूह बीमा प्रदेश नं १, २ र ५ रहेका छन् । शीर्ष दुई दुई टोली सेमिफाईनल प्रवेश गर्ने छन् ।
विजेता टोलीले ५ लाख प्राप्त गर्ने छ । विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने छ । त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने छ । बिहीवार पहिलो खेलमा कर्णाली प्रदेश र प्रदेश नम्बर ३ तथा दोस्रो खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर ७ बीच खेल हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]