default_image

7 years ago

May 1, 2019

एपीएफ केपीएलको सेमिफाइनलमा, अब आर्मीसँग भिड्ने

136 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद)– सुर्खेतमा जारी दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) मा बुधबार नेपाल एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई १८ रनले पराजित गर्दै सेमिफाइनल पुगेको छ ।


यो सँगै केपीएलको सेमिफाईनल समिकरण पुरा भएको छ । समूह ‘बी’ बाट एपीएफ विजेता र न्यु होराइजन बुटवल उपविजेताका रुपमा अन्तिम चारमा पुगेका हुन् । समुह ‘ए’ बाट कर्णाली ११ विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल पुगेका हुन् ।

शुक्रबार हुने सेमिफाइनलको पहिलो खेलमा कर्णाली ११ र न्यु होराइजन तथा अर्कोमा एपिएफ र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

सुर्खेतको कालिन्चोक मैदानमा टस जितेर ब्याटिङ थालेको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । टोलीका लागि सुमित महर्जनले सर्वाधिक २६,भुवन कार्कीले २०,आयुष्मान बमले १५ र कमल सिंह ऐरीले अविजित १२ जोडे ।

महेन्द्रनगरका सन्तोष भट्ट र आकाश चन्दले समान ३ विकेट लिए । त्यस्तै बिक्रम ठगुन्नाको नाममा २ विकेट रह्यो । १ सय ४४ रनको विजयी लक्ष्य पछ्याएको महेन्द्रनगर २० ओभरमा ८ विकेट गुमाउँदै मात्रै १ सय २५ रन बनाउन सक्यो ।

एपीएफको जितमा कमल सिंह ऐरीले सर्वाधिक ३ तथा भुवन कार्कीले २ विकेट लिए । सन्तोष भट्टले ५० रन बनाए पनि महेन्द्रनगरको हार टार्न सकेनन् । उनले ३५ बलमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै हेमन्त कार्कीले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। प्रतियोगिताको विजेताले ५ लाख र दोस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.