7 years ago
May 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सविरुद्ध दिल्ली क्यापिटल्सको पहिलो रोजाइमा परेका छन् ।

चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस जितेर बलिङ रोजेको दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । सामान्य चोटका कारण कागीसो रबाडाको स्थानमा ट्रेन्ट बोल्ट टोलीमा आएका छन् । इशान्त शर्माको स्थानमा जगदिश सुचित टोलीमा परेका छन् ।
चेन्नईले आफ्नो तीन मुख्य खेलाडीलाई यस खेलमा फिर्ता बोलाएको छ । पछिल्लो खेलमा विश्राम लिएका कप्तान महेन्द्रसिंह धोनीसहित रविन्द्र जडेजा र फफ डु प्लेसिस टोलीमा फर्किएका छन् ।
जारी आईपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका छन् ।
दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, ट्रेन्ट बोल्ट, सन्दीप लामिछाने,अमित मिश्रा र जगदीश सुचित ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]