default_image

7 years ago

May 1, 2019

सन्दीपको स्थानमा मोरिस टोलीमा

143 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स र दिल्ली क्यापिटल्स बिचको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा रहेका छन् । टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरिएको हो ।

चेन्नईको घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस जितेर बलिङ रोजेको दिल्लीले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको भनेपनि अन्तिम समयमा सन्दीपको स्थानमा क्रिस मोरिस खेलेका हुन् । सामान्य चोटका कारण कागीसो रबाडाको स्थानमा ट्रेन्ट बोल्ट टोलीमा आएका छन् । इशान्त शर्माको स्थानमा जगदिश सुचित टोलीमा परेका छन् । सन्दीप पनि चोटका कारण अन्तिम समयमा टोलीमा नपरेको आंकलन गरिएको छ ।

दिल्लीले आफ्नो अधिकारिक ट्वीटर तथा आईपीएलको अधिकारिक ट्वीटरमा पनि सन्दीप नै सुरुवाती रोजाईमा रहेको उल्लेख गरिएको थियो ।

चेन्नईले आफ्नो तीन मुख्य खेलाडीलाई यस खेलमा फिर्ता बोलाएको छ । पछिल्लो खेलमा विश्राम लिएका कप्तान महेन्द्रसिंह धोनीसहित रविन्द्र जडेजा र फफ डु प्लेसिस टोलीमा फर्किएका छन् ।

जारी आईपीएलमा सन्दीपले ६ खेलमा ८ विकेट लिएका छन् ।

दिल्लीको प्लेइङ ११ : शिखर धवन, पृथ्वी शा, श्रेयस ऐर(कप्तान), ऋषभ पन्त, कोलिन इनग्राम, शेरफेन रदरफोर्ड, अक्षर पर्टेल, ट्रेन्ट बोल्ट, क्रिस मोरिस (सन्दीप लामिछाने),अमित मिश्रा र जगदीश सुचित ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.