6 years ago
May 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ५० औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई १ सय ८० रनको लक्ष्य दिएको छ । घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनायो ।
चेन्नईका लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । १५ ओभरको पाँचौ बलमा जगदीश सुचितले शिखर धवनबाट क्याच आउट गराउनु अघि रैनाले ३७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी उत्कृष्ट ब्याटिङ गरे । धोनीले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे ।
अन्तिम ओभरमा धोनीले ट्रेन्ट बोल्टलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । ओपनर फाफ डु प्लेसिसले ४१ बलमा २ चौका र छक्का प्रहार गर्दै ३९ रन जोडे । अर्का ओपनर शेन वाटशन शून्यमा पेभिलिएन फर्किए । तल्लोक्रममा रविन्द्र जडेजाले १० बलमा समान २ चौका र छक्का सहित आक्रमक रुपमा २५ रन जोडे । आम्बाती रायडु ५ रनमा अविजित रहे ।
दिल्लीका लागि जगदीश सुचितले २,क्रिस मोरिस र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो ।
आजको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा छन् । टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरिएको हो । सन्दीपको स्थानमा क्रिस मोरिसलाई खेलाएको छ ।
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्स काठमाडौं गुर्खाजसँग पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ । काठमाडौंसँग १८ रनले पराजित हुदै लुम्बिनी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । काठमाडौंले दिएको १ सय ४ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा ८५ रनमा अल आउट भयो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा लुम्बिनी लायन्सको बलिङ सामू काठमाडौं गुर्खाज झिनो योगफलमा समेटिएको छ । लुम्बिनीविरुद्ध काठमाडौंले १ सय ४ रनको झिनो लक्ष्य दिएको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.२ ओभरमा १ सय ३ रनमा अल आउट भयो । काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । […]
December 11, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमाडौं गुर्खाजले टस जितेको छ । टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका हुन् । ५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा […]