10 years ago
May 9, 2016
इन्डियन प्रिमिएर लिग (आई.पी.एल) अन्तर्गत आइतबार भएको खेलमा सनराइजर्स हैदरबाद र गुजरात लायन्सले जित हात पारे |
आशा गरिएका ब्याट्सम्यान चल्न नसकेपछि १७८ रन पछ्याएको मुम्बई इन्डिएन्सले जम्मा ९२रन मात्र बनाउन सक्यो| मुम्बईको इनिंग्समा हरभजन सिंहले २१ रन बनाएका थिए भने पाण्ड्या र पोलार्डले १७ र ११ रन बनाए, अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्| हैदरबादका लागि मुस्ताफिजुर रहमान र आसिश नेहराले ३-३ विकेट लिए|
यसअघी सिखर धवनले अविजित ८२(५७) रनको आक्रामक परि खेलेपछि हैदरबादले १७७ रनको योगफल तयार पार्यो| उसका लागि वार्नरले ४८(३३) र युवराज सिंहले ३९(२३) रन बनाए| मुम्बईका हरभजनले दुइ र मक्लिनघनले एक विकेट लिए|
दिनको अर्को खेलमा शिर्ष स्थानमा रहेको नाइट राइडर्सलाई हराउदै गुजरात लायन्स शिर्ष स्थानमा उक्लियो| १५८ रनको योगफल खादा गरेको कोलकाताले गुजरातको ब्याटिंग रोक्न सकेन र दुइ ओभर बाँकी रहदैं हार व्येहोर्यो| कोलकाताले सुरुवाती चार विकेट २४ रनको स्थितिमा गुमाए पनि युसुफ पठान र शकिब अल हसनले अविजित अर्धशतक प्रहार गर्दै उकासेका थिए|
तर, गुजरातका सबै ब्याट्सम्यानले राम्रो खेल देखाएपछि सहज जित हात पार्यो| उसका लागि ओपनर स्मिथले २७ र मक्कुलमले २९ र बनाए| विकेटकिपर कार्तिकले पनि ५१रनको सम्हालिएको पारी खेले| फिन्च्ले अन्तिममा आएर १० बलमा २९रन बनाएपछि टोलीको जित पक्का भएको थियो|
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]