7 years ago
May 1, 2019
एजेन्सी – रविन्द्र जडेजा र इमरान ताहिरले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) बुधबार सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । यो जितसँगै शीर्ष दुईमा रहेर क्यालिफायर खेल्ने चेन्नईको संभावना बलियो भएको छ ।

१ सय ८० रनको विजयी लक्ष्य पछ्याएको दिल्ली १६.२ ओभरमा अल आउट हुँदै ९९ रनमा समेटियो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४४ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । चेन्नईको घातक बलिङ सामु दिल्लीका ९ ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् ।
१२ ओभरको अन्तिम बलमा ऐरलाई रविन्द्र जडेजाले विकेटकीपर महेन्द्रसिंह धोनीबाट स्टम्पिङ आउट गराए । ऐरले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । शिखर धवन १९,अक्षर पटेल ९,ऋषभ पन्त ५,पृथ्वी शाह ४ रनमा आउट भए ।
पहिलो ओभरको पाँचौ बलमानै दिपक चाहरले पृथ्वी शालाई सुरेश रैनाबाट क्याच आउट गराए । छैटौं ओभरको तेस्रो बलमा हरभजन सिंहले धवनलाई बोल्ड आउट गरे । लगत्तै सातौ ओभरको दोस्रो बलमा विकेटकीपर ऋषभ पन्तलाई ताहिरलेनै ड्वेन ब्राभोबाट क्याच आउट गराएपछि दिल्लीको विकेट निरन्तर गुम्न पुगेको थियो । कोलिन इनग्राम १,शेरफेन रदरफोर्ड २,क्रिस मोरिस सुन्य रनमा आउट भए । जगदीश सुचित ६,अमित मिश्रा ८ रनमा आउट भए ।
चेन्नईलाई सहज जित दिलाउन इमरान ताहिरले ३.२ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए । त्यस्तै रविन्द्र जडेजाले ३ ओभमा ९ रन खर्चिदै ३,हरभजन सिंह,दिपक चाहरले १ विकेट लिए ।
त्यस अघि घरेलु मैदान एमए चिन्दरम स्टेडियमा टस हारेर ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७९ रन बनाएको थियो ।
चेन्नईका लागि सुरेश रैनाले अर्धशतक प्रहार गरे । १५ ओभरको पाँचौ बलमा जगदीश सुचितले शिखर धवनबाट क्याच आउट गराउनु अघि रैनाले ३७ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । चेन्नईलाई बलियो योगफल सम्म पुर्याउन कप्तान महेन्द्र सिंह धोनी उत्कृष्ट ब्याटिङ गरे । धोनीले २२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ४४ रनमा अविजित रहे ।
अन्तिम ओभरमा धोनीले ट्रेन्ट बोल्टलाई २ छक्का र १ चौका प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । ओपनर फाफ डु प्लेसिसले ४१ बलमा २ चौका र छक्का प्रहार गर्दै ३९ रन जोडे । अर्का ओपनर शेन वाटशन शून्यमा पेभिलिएन फर्किए । तल्लोक्रममा रविन्द्र जडेजाले १० बलमा समान २ चौका र छक्का सहित आक्रमक रुपमा २५ रन जोडे । आम्बाती रायडु ५ रनमा अविजित रहे ।
दिल्लीका लागि जगदीश सुचितले २,क्रिस मोरिस र अक्षर पटेलको नाममा समान १ विकेट रह्यो । आजको खेलमा सन्दीप लामिछाने अन्तिम समयमा बेन्चमा बसेका थिए । टसको समयमा दिल्लीका कप्तान श्रेयसले सन्दीप सुरुवाती रोजाइमा रहेको भनेपनि अन्तिम समयमा टोलीमा परिवर्तन गरेको थियो ।
चेन्नई १३ खेलमा ९ मा जित र ४ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली १३ खेलमा ५ मा हार र ८ मा जितका साझ १ स्थान तल झर्दै दोस्रो स्थानमा छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]