7 years ago
May 2, 2019
काठमाडौं – क्विन्स इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले आयोजना गर्ने वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टी ट्वान्टी लिग फेरी सर्ने भएको छ । आयोजकले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै डब्लुसिएल असोज ३ गतेदेखि ११ गते सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

यसअघि पनि मिति सारिएको थियो । पछिल्लो पटक जेठ ३ देखि ११ गते सम्म प्रतियोगिता हुने बताइएको थियो ।
डब्लुसिएलमा ललितपुर फाल्कोन्स,पोखरा पल्टन,क्यापिटल्स रोयल्स काठमाडौं,चितवन राइनोज र विराटनगर टाइन्टस गरि ५ ले प्रतिस्पर्धा गर्नेछन् ।
डब्लुसिएल खेल्न चाहने खेलाडीका लागि बिहिबारदेखि आवेदन खुल्ला गरिएको बताइएको छ । खेलाडी वैशाख २५ गते सम्म आवेदन भर्ना गर्न पाउनेछन् । आयोजकले खेलाडीहरूलाई डायमण्ड, सफायर, रुबिज र वाइल्डकार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको छ । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् ।
यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडी पर्ने छन्। वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडी पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्नेछ ।
सहभागी टोली मध्ये ललितपुरको मालिकमा श्रीजना जोशी रहेकी छन् । जुन ललितपुर फाल्कोन्सको स्वामित्वमा रहनेछ । त्यस्तै पोखरा पल्टन प्रा। लि। को स्वामितवमा रहेको पोखराको टोलीमा विनायक पोखरेल (अध्यक्ष), काठमाडौंको दिपा अग्रावाल ( प्रबन्ध निर्देशक) जेफोर स्पार्टस,चितवन मिङमा डण्डु शेर्पा ९ प्रबन्ध निर्देशक० चितवन राइनोज प्रा. लि. र विराटनगरको पारस लुनिया (अध्यक्ष) रहेका छन् ।
राष्ट्रिय महिला टोलीकी सदस्य एवंम् पूर्व कप्तान नेरी थापा ललितपुरकी, सिता रानामगर पोखराकी, राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्री काठमाडौंकी , इन्दु बर्मा चितवन र सरिता मगर विराटनगर मार्की खेलाडी हुन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]