7 years ago
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) को विवाद समाधानका लागि पहल गर्न युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई आग्रह गरेका छन् ।

नेपाली क्रिकेट टोली, १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता खेलाडी र विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई नगद पुस्कार गर्न बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा पारसले यस्तो सुझाव दिएका हुन् ।
क्यान तीन वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को निलम्बनमा रहेको छ । आइसिसीकै निगरानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिएको थियो । यहि बीचमा नेपालले वान डे मान्यता पाएको थियो । त्यस्तै टोलीले माघमा संयुक्त अरब इमिरेट्स (युईए) विरुद्ध ३ एक दिवसियी र ३ टि ट्वान्टी श्रृखंला जितेको थियो । त्यहि सफलतामा सरकारले क्रिकेट टोलीका सदस्यलाई जनही ५ लाख रुपैयाँ प्रदान गरेको थियो ।
सोही कार्यक्रममा पारसले भने, ‘क्यान भएको अवस्थानमा क्रिकेट टोलीले अझै राम्रो गर्न सक्छ ।’ उनले सम्मानले आगामी दिनमा अझै राम्रो गर्न प्रेरणा मिल्ने बताएका थिए ।
खेलकुद मन्त्री विश्वकर्माले क्यान विवादका विषयमा कुनै जवाफ दिएनन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले भने क्यान विवाद समाधानका लागि आईसीसीसँग निरन्तर सहकार्य भइरहेको दाबी गरे । उनले भने,‘ १०÷१५ दिनमा विवाद मिल्न सक्छ ।’
मन्त्री विश्वकर्माले भने यो सम्मानमात्र नभएर नेपाली खेलकुदले जितको खुसियाली मनाई रहेको उल्लेख गर्दै आउने दिनमा नयाँ प्रतिभा जन्माउन हरेक गाउँ गाउँमा पुर्वाधारको विकास गर्ने बताए ।
गोलकिपर विकेश कुथुले खेल र खेलाडीको हक र हितमा अझ राम्रो गर्न मन्त्रीलाई सल्लाह दिए । कुथुले सम्मान गरेकोमा सबैलाई धन्यावाद प्रकट गरे । सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता टोलीका खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ थप पुरस्कार दिएको थियो ।
यसअघि २ लाख रुपैयाँ सरकारले उपलब्ध गराएको थियो । भारतलाई फाइनलमा हराउँदै नेपालले उपाधि जितेपछि तत्कालिन खेलकुद मन्त्री सत्यनारायण मण्डलले फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेका थिए । सोही कार्यक्रममा विश्व शारीरिक सुगठन च्याम्पियनसिपका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई ५ लाख रुपैयाँ प्रदान गरिएको थियो ।
महेश्वरले आफुुलाईमात्र नभए अन्य साथीले पनि सरकारबाट सम्मानको आशा राखेको बताए थिए । सरकारले क्रिकेटमा ९१ लाख, फुटबलमा ६० लाख र शारीरिक सुगठनमा ५ लाख गरी कुल १ करोड ५६ लाख रुपैयाँ हस्तान्तरण गरेको थियो । माघ २५ गते मन्त्री परिष्द बैठकले पुरस्कार दिने निर्णय गरेको थियो । कार्यक्रमाम क्रिकेटका ९ र फुटबल ४ खेलाडी मात्र उपस्थित थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]