7 years ago
May 2, 2019
काठमाडौं (हाम्रो खेलकुद)– मनमोहन स्मृति क्रिकेट सेन्टरको आयोजनामा जारी अन्तर प्रदेश यू–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहीबार प्रदेश ३ र ७ विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ३ ले कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्यो । दोस्रो खेलमा प्रदेश ७ ले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकीले २०.५ ओभरमा अल आउट हुँदै ९० रनमा समेटियो । टोलीका अभिषेक थापा २९ रनमा अविजित रहे । त्यस्तै अर्जुन कुमाल ११,अनित बराल ६,रोशन सिग्देल १४ र शरद तिवारीले १० रन जोडे । प्रदेश ७ का सचिन बदायक ३,सुवास ऐरले २ विकेट लिए । त्यस्तै आशिष भट्ट,गोविन्द बिष्ट र अमृत रावतको नाममा समान १ विकेट रह्यो ।
९१ रनको लक्ष्य प्रदेश ७ ले २२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । प्रदेश ७ को सहज जितको लागि सन्देश भट्टले ५२ बलमा ४ चौका प्रहार गर्दै ३८ र आशिष भट्ट १७ रनमा अविजित रहे ।
अनिल थापा २३,सुवास ऐर ४,धिरेन्द्र ठाकुर ३ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । गण्डकीका लागि नितेश गिरी ३ र अदित्य थापाले १ विकेट लिए । सचिन बदायक म्यान अफ द म्याच चुनिए ।
त्यसअघि कर्णाली प्रदेशले प्रस्तुत गरेको ९७ रनको लक्ष्य प्रदेश ३ ले लक्ष्य ११.१ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । दिपक बोहराले ३५ रन बनाए । २४ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । आईश भट्टराई ३१ रनमा अविजित रहे । अभिषेक उपाध्यायले १५ रनको योगदान दिए । कर्णाली प्रदेशका लागि सुमित माझी र रितिक जङ्ग शाहले समान १(१ बिकेट लिएका थिए ।
पहिले ब्याटिङ थालेको कर्णाली प्रदेशले २३ ओभरमा अलआउट हुँदै ९६ रनमा समेटियो । कर्णालीका लागि बिपिन खत्रीले सर्वाधिक २५ रनको योगदान गरे । यस्तै दिलिप सुनवारले २४ रन तथा युनिश बिक्रम सिंहले २२ रन बनाए ।
अन्यको प्रर्दशन सम्झन लायक रहेन । कर्णालीलाई सस्तैमा रोक्न प्रदेश ३ का दिपक बोहराले ५ ओभरमा १२ रन खर्चिएर ५ विकेट लिए । सिमान्त घिमिरेको नाममा २ विकेट रह्यो । दिपक बोहरा म्यान अफ द म्याच चुनिए । शुक्रबार प्रदेश नम्बर १ र प्रदेश नम्बर २ तथा प्रदेश नम्बर ७ र कर्णालीबीच प्रतिस्पर्धा हुने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]