default_image

7 years ago

May 2, 2019

डी ककको अर्धशतकमा मुम्बईको मध्यम योगफल

175 views

0 Bookmark

एजेन्सी – ओपनर क्विन्टन डी ककले अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को ५१ औं खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ ।

घरेलु मैदान वानखडेमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले अर्ध शतकीय अविजित महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई सस्तैमा समेटिनबाट जोगाए । डी ककले ५८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६९ रनमा अविजित रहे ।

मुम्बईको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका रुपमा छैटौं ओभरको दोस्रो बलमा खलिल अहमदले कप्तान रोहित शर्मालाई मोहम्मद नाबीबाट २४ रनमा क्याच आउट गराए । रोहितले १८ बलमा ५ चौका प्रहार गरे । सुर्य कुमार यादव २३,इभिन लुईस १,काइन पोलार्ड १० र हार्दिक पान्ड्या १८ रनमा क्याच आउट भए । कुनाल पान्ड्या ९ रनमा अविजित रहे ।

हैदरावादका लागि खलिल अहमदले ३ विकेट लिदा भुवनेश्वर कुमार र मोहम्मद नाबीको नाममा समान १ विकेट रह्यो । मुम्बई आजको खेलमा विजयी भए प्ले अफमा पुग्ने तेस्रो टोली बन्ने छ । दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्स प्ले अफमा पुगि सकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.