default_image

7 years ago

May 3, 2019

हैदरावाद र मुम्बईबीचको खेल सुपर ओभरमा

146 views

0 Bookmark

एजेन्सी – मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेल सुपर ओभरमा पुगेको छ । १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि सुपर ओभरमा पुगेको हो ।

हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक एक रन दिए पनि तेस्रो बलमा मोहम्मद नाबीले छक्का प्रहार गरेपछि खेल थप रोचक अवस्थामा पुगेको थियो ।

लगतै अर्को बलमा भने ठूलो शट खेल्ने धुनमा नाबी सुर्य कुमार यादवबाट ३१ रनमा क्याच आउट भए । नाबीले २० बलमा समान २ चौका र छक्का प्रहार गरे । पाँचौ बलमा दुई र अन्तिम बलमा मनिष पान्डेले छक्का प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको हो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.