default_image

7 years ago

May 3, 2019

सुपर ओभरमा हैदरावादलाई हराउँदै मुम्बई प्ले अफमा

162 views

0 Bookmark

एजेन्सी –मुम्बई इन्डियन्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराउँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को प्ले अफमा पुगेको छ ।
सुपर ओभरमा ९ रनको लक्ष्य मुम्बईले सुरुवाती तीन बलमा पुरा गर्यो । ओपनर हार्दिक पान्ड्याले पहिलो बलमै राशिद खानलाई छक्का प्रहार गरे । दोस्रो बलमा १ रन लिए र स्ट्राइक काइरन पोलार्डलाई दिए ।तेस्रो बलमा पोलार्डले दुई रन लिदै खेल जिताए ।

हैदरावादका सुपर ओभरमा मोहम्मद नाबी र मनिष पान्डे मैदान उत्रेका थिए । मुम्बईका जसप्रित बुमराहले पहिलो बलमा मनिष पान्डेलाई रन आउट गराए । दुई रन लिने क्रममा रन आउट हुन पुगे । दोस्रो बलमा १ रन लिदै मार्टिन गुप्टिलले स्ट्राइक मोहम्मद नाबीलाई दिए । नाबीले तेस्रो बलमा छक्का प्रहार गरे । चौथो बलमा भने बुमराहले नाबीलाई बोल्ड आउट गरेपछि मुम्बईले ९ रनको सामान्य लक्ष्य पाएको थियो ।

त्यस अघि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो । हैदरावादलाई जितको लागि अन्तिम ओभरमा १७ रन चाहिएको थियो । पहिलो र दोस्रो बलमा हार्दिक पान्ड्याले एक – एक रन दिए पनि तेस्रो बलमा मोहम्मद नाबीले छक्का प्रहार गरेपछि खेल थप रोचक अवस्थामा पुग्यो ।

लगतै अर्को बलमा भने ठूलो शट खेल्ने धुनमा नाबी सुर्य कुमार यादवबाट ३१ रनमा क्याच आउट भए । पाँचौ बलमा दुई र अन्तिम बलमा मनिष पान्डेले छक्का प्रहार गरेपछि खेल सुपर ओभरमा पुगेको हो । नाबीले २० बलमा समान २ चौका र छक्का प्रहार गरे ।

मनिष पान्डे ७१ रनमा अविजित रहे । उनले ४७ बलमा ८ चौका र २ छक्का प्रहार गरे । ओपनर रिद्धीमान शाह २५ र मार्टिन गुप्टिल १५ रनमा आउट भए । कप्तान केन विलियम्सन ३,विजय शंकर १२ र अभिषेक शर्मा २ रनमा आउट भए ।

मुम्बईका लागि जसप्रित बुमराह,कुनाल पान्ड्या र हार्दिक पान्ड्याले समान २ विकेट लिए । त्यस अघि घरेलु मैदान वानखडेमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६२ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले अर्ध शतकीय अविजित महत्वपूर्ण इनिङ्स खेल्दै टोलीलाई सस्तैमा समेटिनबाट जोगाए । डी ककले ५८ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ६९ रनमा अविजित रहे ।

मुम्बईको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका रुपमा छैटौं ओभरको दोस्रो बलमा खलिल अहमदले कप्तान रोहित शर्मालाई मोहम्मद नाबीबाट २४ रनमा क्याच आउट गराए । रोहितले १८ बलमा ५ चौका प्रहार गरे । सुर्य कुमार यादव २३,इभिन लुईस १,काइन पोलार्ड १० र हार्दिक पान्ड्या १८ रनमा क्याच आउट भए । कुनाल पान्ड्या ९ रनमा अविजित रहे ।

हैदरावादका लागि खलिल अहमदले ३ विकेट लिदा भुवनेश्वर कुमार र मोहम्मद नाबीको नाममा समान १ विकेट रह्यो । मुम्बई १३ खेलमा ८ मा जित र ५ मा हारका साथ १६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिदै प्ले अफमा पुगेको हो ।

चेन्नई सुपर किंग्स १३ खेलमा ९ मा जित र ४ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा छ । दिल्ली १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा पुगेको छ । हैदरावाद १३ खेलमा ७ मा हार र ६ मा जितका साथ चौथो स्थानमा स्थानमा यथावत छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.