default_image

6 years ago

May 3, 2019

सन्दीपको टिम दिल्लीलाई ठूलो धक्का !

62 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ ।

दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ ।

रबाडा अव विश्कपका लागि साउथ अफ्रिका फक्रिने छन् । दिल्लीलाई ७ वर्षपछि प्ले मा पुर्याउन कागीसो रबाडाको प्रर्दशन सबैभन्दा महत्वपूर्ण रहेको छ ।

rabada

रबाडाले जारी आईपीएलमा १२ खेलमा २५ विकेट लिई सकेका छन् । प्ले अफमा पुगि सकेको दिल्लीले जारी आईपीएलमा १३ खेलमा ८ मा जित र ५ मा हारका साथ तेस्रो स्थानमा छ ।

दिल्लीले लिगको अन्तिम खेल शनिवार राजस्थान रोयल्ससँग घरेलु मैदान फिरोज शाह कोटलामा खेल्ने छ ।

December 14, 2024

एनपिएल प्लेअफ -३ स्थानका लागि ४ टोलीको भिडन्त

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को लिग चरणका अब ३ खेल बाँकी रहेको छ । आइतवार २ तथा सोमवार १ खेलसँगै एनपिएलको पहिलो संस्करणको लिग चरणका खेल सकिनेछ । बाँकी ३ मात्र खेलको नतिजाले प्लेअफमा पुग्ने ३ टोलीको‌ टुंगो लाग्नेछ। त्यसका लागि दौडमा ४ टोली छन् । जनकपुर बोल्ट्सले प्ले अफमा स्थान […]

December 14, 2024

जनकपुर पराजित हुँदा पोखरा र विराटनगर एनपिएलबाट बाहिर

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्स पराजित हुँदा विराटनगर किंग्स तथा पोखरा एभेन्जर्स प्रतियोगिताबाट बाहिरिएका छन् । शनिवारको दोस्रो खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो । जितसँगै चितवनले प्लेअफ प्रवेशको सम्भावना बलियो बनाएको छ । चितवनको जितपछि पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका हुन् । चौथो स्थानमा रहेको […]

December 14, 2024

कुशलको अर्धशतकमा चितवनको बलियो लक्ष्य तयार

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान कुशल मल्लको अर्धशतकको सहयोगमा सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा जनकपुर बोल्ट्सविरुद्ध चितवन राइनोजले बलियो योगफल तयार गरेको छ । टियु मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रनको योगफल तयार गर्यो । चितवनका लागि कप्तान कुशलले ७२ रन जोडे । उनले ४१ […]

Success

Thank you for your time.