7 years ago
May 3, 2019
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जावलाई प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको छ ।

पन्जावका सह मालिक तथा उद्योगपति नेस वाडिया जापानमा २५ ग्राम ड्रग्सका साथ प्रकाउ परेपछि उनलाई २ वर्ष जेलको सजाए मिलेको छ । आईपीएलको आचारसंहिता अनुसार फ्रेन्चाइजमा जोडिएका व्यक्तिले अवैधानीक र खेललाई बदनाम हुने गरि कुनै कार्य गर्न मिल्दैन । त्यसो गरेमा उक्त टिम पनि निलम्बनमा पर्न सक्ने भारतीय मिडियाहरुले जनाएका छन् । यसै विषयलाई लिएर शुक्रबार मुम्बईमा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई) को बैठक बस्दैछ ।
प्ले अफको लागि संघर्ष गरि रहेको पन्जावलले आज कोलकता नाइट राइडर्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार बेलुका ८ :१५ देखी चण्डीगढमा सुरु हुने छ । प्ले अफको अंक गणीतिय संभावना कायमै राख्न दुबै टोलीलाई आजको खेल जित्नुपर्ने हुन्छ ।
आजको खेलमा पराजित हुने टोलीको अघिल्लो चरणको यात्रा कठिन देखिन्छ । जारी आईपीएलमा कोलकता १२ खेलमा ५ मा जित र ७ खेलमा पराजित हुँदै छैटौं स्थानमा छ । त्यस्तै पन्जाव समान खेलमा समान नतिजाका साथ सातौ स्थानमा छ । शीर्ष स्थानमा रहेको चेन्नइ सुपर किंग्स,दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स प्ले अफमा पुगि सकेका छन् ।
रोयल च्यालेन्जर्स बेंगलोर लिग चरण बाहिरी सक्दा,सनराइजर्स हैदरावाद,राजस्थान रोयल्स,पन्जाव र कोलकता मध्य एक टोलीले प्ले अफमा स्थान बनाउने छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]