default_image

7 years ago

May 3, 2019

सोमपाल चम्कँदा एपीएफ सेमिफाइनलबाट बाहिरियो

117 views

0 Bookmark

सुर्खेत (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यु होराइजन बुटवल दोस्रो संस्करणको वाईवाई कर्णाली प्रिमियर लिग (केपीएल) को फाइनलमा प्रवेश गरेका छन् ।

सुर्खेत स्थित कालिन्चोक क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) लाई १ विकेटले हराउँदै फाइनलमा प्रवेश गर्यो । ८७ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १७.४ ओभरमा ९ विकेटको क्षतिमा पुरा गरेको हो । आर्मीका लागि सोमपाल कामीले २२ बलमा ३ चौका र १ छक्का सहित ३१ रनको महत्वपूर्ण योगदान दिए ।

त्यस्तै जितेन्द्र मुखिया र रोहित कुमार पौडेलले समान १२ र भिम सार्कीले ९ रन बनाउन बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । एपीएफका कमल सिंह ऐरी र योज्ञमान कुमालले समान दुई विकेट लिए । त्यस्तै अमर सिंह राउटेला,भुवन कार्की र शरद भेषवाकरको नाममा समान १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको एपीएफले १८ ओभरमा अल आउट हुँदै ८६ रनमा समेटिएको थियो । एपीएफका लागि शरद भेषवाकरले सर्वाधिक ३० रन बनाए । भुवन कार्की १९,शंकर राना १२,परन बिक १३,सन्दीप जोरा १ रनमा आउट भए । अन्य खेलाडीको प्रर्दशन सन्तोकजनक रहेन । आर्मीका सोमपाल कामीले ३,सुसन भारीले २ तथा जितेन्द्र मुखिया र साहव आलमले समान १-१ विकेट हात पारे । अलराउन्ड प्रर्दशन गरेका सोमपाल म्यान अफ द म्याच चुनिए ।

दिनको पहिलो सेमिफाइनलमा शक्ति गौचन कप्तानीको होराइजनले आयोजक कर्णाली-११ लाई ३ विकेटले पराजित गर्दै फाईनलमा पुगेको हो । वर्षा र हावाहुरीको कारण १३ ओभरमा छोट्याइएको खेलमा टस हारेर ब्याटिङ थालेको कर्णाली-११ ले ४ विकेटको क्षतिमा ६२ रन बनाएको थियो । कर्णाली-११ को लागि कृष्ण कार्कीले सर्वाधिक ३३ रन बनाए। उनले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गरे होराइजनका शक्ति गौचनले २ विकेट लिए।

६३ रनको लक्ष्य होराइजन बुटवलले ११.५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । उसका लागि शुबेन्दु पाण्डेले १८, निश्चल चौधरीले १०, बिशाल सुनारले अविजित १० तथा सुनिल धमलाले ८ रन बनाए। किशोर महतोले कर्णाली-११ को लागि ३ विकेट तथा प्रकाश जैसीले २ विकेट लिए पनि स्थानीय टिमलाई जित दिलाउन सकेनन् । प्लेयर अफ द म्याच शक्ति गौचन चुनिए।

विजेता दुई टोलीबीच उपाधिका लागि शनिबार प्रतिस्पर्धा हुने छ । कर्णाली क्रिकेट एकेडेमीद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २० हजार र प्लेयर अफ द सिरिजले ५० हजार रुपैयाँ पाउनेछन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.