default_image

7 years ago

May 3, 2019

पन्जाबमाथि कोलकताको सहज जित

125 views

0 Bookmark

एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबमाथि सहज जित निकालेको छ ।

शुक्रबार राती सम्पन्न खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्ले अफको संभावना बलियो बनाएको छ । १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । उसका लागि ओपनर शुभमन गिल र क्रिस लिनले उत्कृष्ट ब्याटिङ गरे । युवा खेलाडी गिलले ४९ बलमा ५ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहँदै सहजै खेल जिताए ।

अर्का ओपनर लिनले २२ बलमा ३ छक्का र ५ चौका सहित ४६ रन जोड्दै कोलकतालाई उत्कृष्ट सुरुवात दिलाए । आन्द्रे रसेल २४,रविन उथप्पा २२ रनमा आउट हुँदा दिनेश कार्तिक २१ रनमा अविजित रहे । कार्तिकले ९ बलमा २ चौका र १ छक्का प्रहार गरे । पन्जाबका लागि एन्ड्रयू टाई,मोहम्मद शामी र रविचन्द्र आश्विनले समान १ विकेट लिए ।

त्यस अघि घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८३ रन बनाएको थियो । पन्जाबलाई विशाल योगफल सम्म पुर्याउन युवा खेलाडी साम करनले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र २४ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ५५ रनमा अविजित रहे पनि टोलीको हार टार्न सकेनन्।

पन्जाबका लागि मिडिल अडरका निकोल्स पुरनले २७ बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै ४८ रनको महत्वपूर्ण योगदान दिए । त्यस्तै मयंक अग्रवालले २६ बलमा २ चौका र १ छक्का सहित ३६,क्रिस गेल १४, रोकेश राहुल २ रनमा आउट भए । तल्लोक्रमका मन्दीप सिंहले १७ बलमा समान १ चौका र छक्का सहित २५ रनको योगदान दिए । कोलकताका लागि सन्दीप वारियरले २,हेरी गुर्नी,आन्द्रे रसेल र नितेश रानाले समान १ विकेट लिए ।

यो जितसँगै कोलकता १३ खेलमा ६ मा जित र ७ मा हारका साथ पाँचौ स्थानमा उक्लिएको छ । समान खेल र समान नतिजाका साथ हैदरावाद चौथो स्थानमा छ । चेन्नई सपुर किंग्स,मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स क्रमश : पहिलो,दोस्रो र तेस्रो स्थानमा छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.